काठमाडौं
हिमाली भेग तथा त्यस वरपर क्षेत्रमा बसोबास गर्ने समुदायले आज ‘ग्याल्बो ल्होसार’ मनाएका छन् । विशेषगरी बौद्ध धर्मको महायानी सम्प्रदायका शेर्पा जातिले नयाँ वर्षका रुपमा आज ल्होसार पर्व मनाए । "/>

शेर्पा जातिको नयाँवर्षका रुपमा आज ग्याल्बो ल्होसार मनाइयो

शेर्पा जातिको नयाँवर्षका रुपमा आज ग्याल्बो ल्होसार मनाइयो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
हिमाली भेग तथा त्यस वरपर क्षेत्रमा बसोबास गर्ने समुदायले आज ‘ग्याल्बो ल्होसार’ मनाएका छन् । विशेषगरी बौद्ध धर्मको महायानी सम्प्रदायका शेर्पा जातिले नयाँ वर्षका रुपमा आज ल्होसार पर्व मनाए । बाह्र जनावरका नामबाट वर्ष परिवर्तन हुने विश्वासका अनुसार चरा वर्ष आज देखि कुकुर वर्षमा प्रवेश गरेको छ । शेर्पा जातिको नयाँ वर्ष ग्याल्बो ल्होसारले धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा सहयोग पुग्ने बौद्ध विद्वान् टीका शेर्पाले जानकारी दिए ।

केही तामाङ समुदायले आजकै दिन सोनाम ल्होसार पर्व मनाएका छन् । केहीले भने पञ्चाङ्ग निर्णायक समितिले कायम गरेको तिथिमा गत माघ ४ गते सो पर्व मनाएका थिए ।
रासस

Logo