काठमाडौं ।आज तामाङ समूदायको सोनाम ल्होछार भव्यताका साथ मनाइएको छ ।

सोनामको अवशरमा तीनकुनेमा विशेष कार्यक्रम भएको थियो । यस पटक शेर्पा समूदायले मनाउने ग्याल्पो ल्होछार पनि आजै परेको छ। सरकारले आज सार्वजनिक बिदा दिएको छ।
आजको दिन तामाङ, शेर्पा र ह्योल्मो समुदायले घरघरमा तथा गुम्बाहरुका गएर पुजापाठ गर्ने, प्रसाद खाने, शुभकामना आदनप्रदान गर्ने, मीठा परिकार खाने तथा नाचगान गरेर हर्षोल्लासका साथ मनाउने गर्छन्।

आजदेखि ल्होछार मान्ने समुदायले चरा वर्षको विदाइ र कुकुर वर्षलाई स्वागत गरेका छन्।

सोनामको अर्थ कृषक भएको र कृषकहरुको पर्वको रुपमा यसलाई लिइन्छ।
जाडो यामको समापन र वसन्त यामको आगमन हुने तथा किसानको खेतीपातीको समय शुरु भएको खुसीयालीमा यो पर्व मनाउने गरिन्छ।





























प्रतिक्रिया