बनेपा
काभ्रेको मण्डनदेउपुर नगरपालिकाका विभिन्न वडाबाट तानेर विद्युत चोरी गरेका नौ जना पक्राउ परेका छन् । उनीहरुलाई विद्युत चोरी गरिरहेका अवस्थामा पक्राउ गरी इप्रका बनेपाको हिरासतमा लिइएको नेपाल विद्युत प्राधिकरण, काभ्रेपलाञ्चोक वितरण केन्द्रका प्रमुख रवीन्द्रकुमार यादवले जानकारी दिए । पक्राउ परेकाबाट तार, मोटर, फ्रिज, टिभी लगायत विद्युतीय सामग्री समेत बरामद गरिएको छ । पक्राउ पर्नेमा बनेपा नगरपालिका–३ का गोपालसिंह तामाङ र काले तामाङ, मण्डनदेउपुर नगरपलिका–३ का सानुकान्छा तामाङ र जीवनाथ ढकाल तथा मण्डनदेउपुर–४ का राजकुमार परियार, राम बहादुर नेपाली, भीमप्रसाद काफ्ले, रामकुमार तामाङ र मण्डनदेउपुर–८ का रामचन्द्र खतिवडा छन् ।
वितरण केन्द्रका प्रमुख यादवले मण्डनदेउपुर बाहेक पनौती र नमोबुद्ध नगरपालिका, बेथानचोक गाउँपालिका लगायत स्थानबाट पनि विद्युत चोरी भएको उजुरी आएको बताए । आव २०७३/०७४ मा विद्युत चोरीका आरोपमा विभिन्न क्षेत्रबाट ४९ जना पक्राउ परेका थिए । यससँगै विद्युत चोरी गर्नेको संख्या ५८ पुगेको छ ।
रासस































प्रतिक्रिया