काठमाडौं
बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न गठित आयोगले २ हजार २५८ उजुरीलाई विस्तृत छानबिनमा लैजाने निर्णय गरेको छ । "/>

बेपत्ता पारिएका २ हजार २५८ व्यक्तिका उजुरी माथि विस्तृत छानबिन हुने

बेपत्ता पारिएका २ हजार २५८ व्यक्तिका उजुरी माथि विस्तृत छानबिन हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न गठित आयोगले २ हजार २५८ उजुरीलाई विस्तृत छानबिनमा लैजाने निर्णय गरेको छ । जस मध्ये २०६ वटा उजुरीको छानबिनका लागि आयोगले तीन जना सदस्यलाई छानबिन अधिकृत तोकेर पाँच वटा कार्यटोली गठन गरि विस्तृत छानबिन गरिरहेको छ ।

आयोगका प्रवक्ता डा. विष्णु पाठकका अनुसार सुरुवाती चरणमा आयोगले काठमाडौं, ललितपुर र काभ्रे गरि तीन जिल्लाका उजुरी माथि छानबिन सुरु गरेको छ । आयोगले गत वर्ष वैशाख देखि साउन सम्म पहिलोपटक र दोस्रो पटक चैतमा उजुरी लिएको थियो । दुईपटक दिइएको समयसीमामा आयोगमा बेपत्ता पारिएका घटना सम्बन्धी ३ हजार ९३ उजुरी आयोगमा परेका थिए ।

जस मध्ये आयोगले २७१ थान उजुरी तामेलीमा राखेको छ । त्यस्तै आयोगको क्षेत्राधिकार भित्र नपरेको भन्दै ४१४ उजुरीलाई सत्यनिरूपण तथा मेलमिलाप आयोगमा पठाएको छ । त्यस्तै ११४ उजुरी गाभिएका छन् । यी उजुरीका आधारमा हाल सम्म २ हजार ३०३ जना व्यक्ति बेपत्ता पारिएको भन्ने देखिन आएको प्रवक्ता पाठकले जानकारी दिए । जस मध्ये १५८ जना महिला र २ हजार ११८ जना पुरुष रहेका छन् । यी उजुरी मध्ये ३६ थान उजुरीको विस्तृत छानबिनको प्रक्रियामा रहेको उनले जानकारी दिए । आयोगले यो तीन वर्षको अवधिमा दुई जना व्यक्तिलाई पत्ता लगाएको र थप एक जना व्यक्तिलाई छिट्टै पत्ता लगाउने आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले जानकारी दिए ।
राजधानीबाट

Logo