चितवन, २ फागुन – एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले एमाले–माओवादी पार्टी एकताको विरुद्धमा अभिब्यक्ति दिन थालेका छन् । उनले प्रचण्डको गृह जिल्ला चितवन पुगेर भने –‘दुई नेताको व्यवस्थापनले मात्रै पार्टी एकता सम्भव छैन ।’ दुई पार्टीवीचको एकताका पक्षधर नेपाल एक्कासी किन ‘बांगिन’ थाले ? प्रश्न सुरु भएको छ ।
चितवनमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले दुई पार्टीमा रहेका नेता, स्थायी कमिटी सदस्यदेखि तल्लो तहका कार्यकर्ताको पनि व्यवस्थापन गरेर पार्टी एकता गर्नुपर्ने बताए । आज एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डवीच निर्णायकवार्ता हुने भएको छ ।
उनले भने – ‘दुई नेताको व्यवस्थापनले मात्रै हँुदैन । पहिला पूर्व प्रधानमन्त्री भइसकेका, पार्टी सञ्चालनको अनुभव लिइसकेका, स्थायी कमिटीमा रहेका र तल्लोस्तरमा रहेका सबैलाई मिलाउनुपर्छ ।’
पार्टी एकतामा देखिएका बाधालाई छिटो भन्दा छिटो पन्छाएर पार्टी एकता गर्नु आजको आवश्यकता रहेको उनले वताए । उनले भने – ‘पार्टी एकता कहिले गर्ने, पार्टीले कस्तो विचार अवलम्बन गर्ने, दिइएको जिम्मेवारी पूरा नगरे परिवर्तन गर्ने, समयमा काम कसरी सम्पन्न गर्ने भन्ने विषयमा छलफल गरेर पार्टी एकता टुंग््याउनु जरुरी छ ।’
पहिला सरकार गठन गरेर पार्टी एकता हुनुपर्ने भन्दै उनले सरकार गठनका लागि समय आइसकेको बताए । तर दुई अध्यक्षहरु भने सरकार गठनभन्दा अघिनै पार्टी एकता गर्ने मनस्थितिमा पुगेका छन् । एक फरक प्रसंगमा बोल्दै उनले भने – ‘काम चलाउ सरकारले गरेका दीर्घकालीन निर्णय अब बन्ने सरकारले उल्टाउने छ ।’





























प्रतिक्रिया