काठमाडौँ
नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचको पार्टी एकतालाई अन्तिम रुप दिन (आज) बुधबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएको छ । "/>

एमाले-माओवादी एकता आज टुङ्ग्याइँदै

एमाले-माओवादी एकता आज टुङ्ग्याइँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचको पार्टी एकतालाई अन्तिम रुप दिन (आज) बुधबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएको छ । ललितपुरमा मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको वान टु वान छलफलमा आज पार्टी एकता टुंग्याउने सहमति भएको हो ।

पार्टी एकतालाई सार्थक निष्कर्षमा पुर्याउने र सरकार गठन अगावै एकीकृत पार्टीको खाका तयार पार्ने लक्ष्यका साथ दुई पार्टीका अध्यक्षहरु निरन्तर संवादमा छन् । पार्टी एकतालाई सरकार गठन अगावै टुंगो लगाउने लक्ष्यका साथ हिजोको बैठक अत्यन्तै सकारात्मक दिशामा सकिएको छ , अध्यक्षद्वय बीच भएको छलफललाई उद्धृत गर्दै अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले भने, बुधबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने सहमति भएको छ ।

सोमबार अध्यक्ष ओली र अध्यक्ष दाहाल बीच पार्टी एकता मिलाउन दुवै अध्यक्ष नै पार्टीमा रहने गरी मध्यमार्गी प्रस्तावमा सहमति भएको थियो । मंगलबारको बैठकमा त्यसको खाका, सांगठनिक तथा राजनीतिक वैचारिक विषयमा समेत मतैक्यता कायम गरिएको जनाइएको छ । तर कसरी मतैक्य भयो भन्ने बारे भने सार्वजनिक रुपमा केही बताइएको छैन ।
अन्नपूर्णबाट

Logo