काठमाडौं
एसियाली विकास बैंक (एडीबी)ले नेपाललाई १० अर्ब २० करोड रुपैयाँ ऋण दिने भएको छ । एडीबीले ग्रामीण सम्पर्क सुधार परियोजना कार्यान्वयनका लागि १० अर्ब २० करोड ऋण दिने भएको हो । "/>

एडीबीले नेपाललाई १० अर्ब २० करोड ऋण दिने

एडीबीले नेपाललाई १० अर्ब २० करोड ऋण दिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
एसियाली विकास बैंक (एडीबी)ले नेपाललाई १० अर्ब २० करोड रुपैयाँ ऋण दिने भएको छ । एडीबीले ग्रामीण सम्पर्क सुधार परियोजना कार्यान्वयनका लागि १० अर्ब २० करोड ऋण दिने भएको हो । ऋण सहयोग सम्बन्धमा सोमबार काठमाडौंमा सम्झौता भएको छ ।

अर्थ मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रममा ऋण तथा अनुदान सहयोग सम्बन्धी सम्झौतापत्रमा एशियाली विकास बैंकका देशीय निर्देशक मुख्तोर खामुदखानोभ र अर्थ सचिव शंकरप्रसाद अधिकारीले हस्ताक्षर गरे । उक्त परियोजना अन्तर्गत मुलुकका विभिन्न १६ जिल्लाका ३८८ किलोमिटर ग्रामीण सडक बाह्रै महिना सञ्चालन योग्य बनाइनेछ ।परियोजनाबाट ७५ लाख ग्रामीण जनतालाई कृषि सडकसम्म पहुँच विस्तार हुने सम्झौतापत्रमा उल्लेख छ ।

सम्झौतापत्र अनुसार व्यावसायिक कृषि, उत्पादकत्व वृद्धि, ग्रामीण भेगमा रोजगारीका अवसर सिर्जना र नेपालीको समृद्धिमा सघाउ पुग्नेछ । त्यस अवसरमा देशीय निर्देशक खामुदखानोभले नेपालको ग्रामीण भेगलाई यातायात सञ्जालबाट जोड्न ऋण सहयोग प्रदान गरिएको बताउँदै परियोजना पूरा भएपछि सबै याममा सडक सञ्चालन हुने विश्वास व्यक्त गरे । उनले नेपालको सामाजिक, आर्थिक विकासमा एशियाली विकास बैंकबाट निरन्तर सहयोग हुने बताए ।

Logo