लमजुङ्ग ।
नेपालउद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा स्थायी सरकार आएपछि पर्याप्त मात्रामा लगानीको वातावरण बन्ने विश्वास ब्यक्त गरेका छन् ।
जलविधुत र पर्यटन जस्ता क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको कुरामा जोड दिँदै उपाध्यक्ष ढकालले ब्यापार–व्यवसायको प्रवद्र्धन गर्न स्थानीय उधोगी–व्यवसायीहरुलाई सहयोग पु-याउने कार्यमा नेपाल उधोग वाणिज्य महासंघ दत्त चित्तभएर लागेको बताए ।
लमजुङ्ग उद्योग वाणिज्य संघको आयोजनामा लमजुङ्ग स्थित बेशीसहरमा आयोजित दोस्रो बेशीसहर महोत्वसलाई सम्बोधन गर्दै ढकालले यस्तो बताएका हुन् । लमजुङ्ग जिल्ला जलश्रोतले सम्पन्न भएको र जलश्रोतलाई उपयोग गर्नुपर्ने कुरामा जोड दिँदै पर्यटन र जलविधुत नेपालको दिगो आर्थिक विकासका लागि महत्त्व पूर्ण क्षेत्र रहेको उल्लेख गरे ।





























प्रतिक्रिया