काठमाडौँ
बैंककमा नेपाल तर्फको उडान नहुँदा यात्रीहरु विचल्लीमा परेका छन् । आज साँझ ५ बजेका लागि तोकिएको उडान राती १० बज्न लाग्दा समेत अत्तो पत्तो नभए पछि उनीहरु अलपत्र परेका हुन् । नेपाल आउने यात्रीहरु ५ घण्टा देखि विमानस्थलमै प्रतिक्षारत रहेको र उनीहरु कहाँ बस्ने , के खाने भन्ने समस्यामा रहेको त्यहाँबाट लोचन कोइरालाले जानकारी गराए । यस सम्बन्धमा बुझ्दा नेपालमा खराब मौसम भएकाले यहाँबाट बैंकक जानु पर्ने विमान उड्न नसकेको खबर आएको तर त्यसपछि हाल सम्म कसैले पनि यात्रीहरुलाई थप जानकारी नदिंदा उनीहरुलाई समस्या परेको छ ।
सरकारी विमान कम्पनी नेपाल एयरलाइन्सको चरम लापर्बाहि र बेवास्ताले बैककमा नेपाल आउने सयौं यात्री अहिले अलपत्र छन् । यता त्रिभुवन विमानस्थलमा पनि उनीहरुलाई कुरिरहेका आफन्तहरु पनि निराश भएका छन् । नेपालबाट बैकक जाने तयारीमा रहेका थुपै्र यात्रीहरु पनि अलपत्र अवस्थामा रहेपछि नेपाल एयरलाइन्सको व्यवहार अमर्यादित भएको यात्रीहरुले बताएका छन् । रातीको समयमा यति धेरै जनालाई समस्या परिरहेको अवस्थामा पनि अहिले सम्म एयरलाइन्सका अधिकारीहरुले विमान कहिले आउने वा नआउने भन्ने बारेमा केहि खबर गरेका छैनन् । यस्तो समस्या अहिले मात्र नभएर विगतमा पनि दोहोरिने गरेको प्रति यात्रीहरु आक्रोसित भएका छन् । नेपाल एयरलाइन्सको बेवास्ताका कारण उनीहरु रिसाइरहेको बताइएको छ । बुझ्नमा आए अनुसार बैंककका लागि तय गरिएको एयरलाइन्सको विमान अन्यत्रै उडान भएको छ ।





























प्रतिक्रिया