काठमाडौँ
मौसममा आएको बदलीका कारण आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य सबै उडान प्रभावित भएका छन् । "/>

मौसममा आएको खराबीका कारण आजका सबैजसो उडान प्रभावित

मौसममा आएको खराबीका कारण आजका सबैजसो उडान प्रभावित

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
मौसममा आएको बदलीका कारण आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य सबै उडान प्रभावित भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार धावनमार्ग आसपासमा हुस्सु लागेका कारण उडान र अवतरण प्रभावित भएको हो । अपराह्न सम्म पूर्णरुपमा प्रभावित भएको विमानस्थल केही समय खुले पनि साँझ पुनःसमस्या दोहोरिएको छ । विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले मौसमका कारण आन्तरिक र अन्तर्राष्ट्रिय तर्फका अधिकांश उडान प्रभावित भएको जानकारी दिए । 

आन्तरिकतर्फका धेरै उडान आज हुन सकेनन् भने अन्तर्राष्ट्रियतर्फका उडानका धेरै उडान लखनउतर्फ पठाइएको थियो । दैनिक आन्तरिक तर्फ १ सय भन्दा बढी तथा अन्तर्राष्ट्रिय तर्फ ४५ उडान हुने गरेका छन् । जहाज नउडेपछि विमानस्थलको आन्तरिक तथा बाह्य उडान कक्ष बाहिर यात्रीको चाप बढेको थियो ।
रासस

Logo