हेटौंडा । प्रदेश ३ मा सरकार विस्तार भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
माओवादी केन्द्रबाट शालिकराम जम्मरकट्टेललाई प्रदेशको गृह मन्त्रालय मानिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय दिइएको छ, एमालेबाट केशव स्थापितलाई भौतिक पूर्वाधार मन्त्री बनाईएको छ ।
उनीहरु दुबै जनालाई सोमबार प्रदेश प्रमुख अनुराधा कोइरालाले सपथ ग्रहण गराएकी छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच वार्ता लगतै प्रचण्डले प्रदेशसभा संसदीय दलका नेता जम्मरकट्टेललाई फोन गरेर सरकारमा सहभागी हुन निर्देशन दिएका थिए ।





























प्रतिक्रिया