काठमाडौं
आइतबार दिनभरको घाम देखेर तपाईहरु सोमबार पनि यस्तै हुन्छ होला भनेर कल्पना गरिरहनु भएको छ भने त्यो गलत हुनसक्छ । किनकी शिवरात्री नजिकिदै छ । सोमबार र मंगलबार आकास सफा हुने संभावना पटक्कै देखिदैन । त्यति मात्र होइन तराई र पहाडका केही स्थानमा असिना पानी पर्न सक्छ । अधिकांश हिमाली क्षेत्रमा हल्का देखि मध्यम खालको हिमपातको संभावना छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमवीद बरुण पौडेल भन्छन, ‘पश्चिमी वायुको प्रभावले सुदुर पश्चिमलाई आइतबार राती नै छुन्छ । सोमवार त देशभर बद्ली र तराई र पहाडका केही स्थानमा हल्का पानी पर्ने संभावना छ । मौसममा धेरै छिटो सुधार भयो भने मंगलबार साँझबाट हुन सक्ला ।’ त्यसै पनि फागुन १ गते मंगलबार शिवरात्री छ । त्यसो त विगतका अधिकांश ‘शिवरात्री’मा पानी परेको उदाहरण छ । यसपटक पनि यो क्रम नदोहोरिएला भन्न सकिन्न । पानीनै परेन भनेपनि मौसम भने सफा पक्कै हुदैन ।
मौसमी तथ्यांक अनुसार काठमाण्डौको हाल सम्मकै सबभन्दा कम न्यूनतम तापमान माइनस ३.५ सन् १९७८ जनवरी ११ मा मापन गरिएको छ । त्यस्तै पश्चिम तराईको नेपालगंज जहाँ गर्मीमा अति गर्मी र हिउँदमा कठ्याँग्रिने जाडो भई न्यूनतम तापमान शून्य भन्दा तल झर्ने गथ्र्यो त्यहाँ पनि चालु हिउँदमा न्यूनतम तापमान शुन्य भन्दा माथि नै रह्यो । त्यस्तै देशको अन्य स्थानमा पनि चिसोमा कमी आएको महशुस भएको छ । यस्ले नेपालमा वायुमण्डलीय तापमान वृद्धिलाई पुष्टि गर्दै मौसम परिबर्तनको संकेतलाई प्रमाणित गरेको छ ।
नागरिकबाट





























प्रतिक्रिया