काठमाडौं
मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएपछि संविधान कार्यान्वयनको चरण सुरु भएको छ । संविधानसभाबाट बनेको नेपालको संविधान ०७२ मा उल्लेख भए अनुसार सातै प्रदेशले पाउने मुख्यमन्त्रीको टुंगो लागि सकेको छ । ६ प्रदेशमा वाम गठबन्धनबाट मुख्यमन्त्री बन्दै छन् भने प्रदेश २ मा मधेसवादी दलले मुख्यमन्त्री बनाउँदैछन् । वाम गठबन्धनको सम्झौता अनुसार प्रदेश नम्बर १, ३, ४ र ५ मा एमालेका मुख्यमन्त्री बन्दैछन् । प्रदेश ६ र ७ को मुख्यमन्त्री माओवादीले पाएको छ ।
संघीयता कस्तो होला ? कसरी काम होला ? जनतामा के परिवर्तन आउला ? भन्ने आमजनताको जिज्ञासाको जवाफ प्रदेश सरकार गठन भएपछि मिल्ने निश्चित भएको छ । अहिले धेरैको चासो मुख्यमन्त्री को बन्ला भन्नेमा केन्द्रित छ ।
प्रदेश नम्बर १ मा नेकपा एमालेका नेता शेरधन राई मुख्यमन्त्री बन्ने निश्चित भएको छ । राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले प्रदेश २ मा फोरम नेता लालबाबु राउत गोद्दारलाई मुख्यमन्त्री बनाउने सहमति गरिसकेका छन् । प्रदेश ३, ४ र ५ मा एमाले नेता क्रमशः डोरमणि पौडेल, पृथ्वीसुब्बा गुरुङ र शंकर पोखरेल मुख्यमन्त्री बन्दै छन् । माओवादीको भागमा परेको प्रदेश ६ मा महेन्द्र बहादुर शाही र प्रदेश ७ मा त्रिलोचन भट्ट मुख्यमन्त्री बन्दैछन् ।
अन्नपूर्णबाट





























प्रतिक्रिया