काठमाडौं
उपप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रदेश ३ का सांसदलाई हेटौंडामा घडेरी दिने निर्णय गलत र अपरिपक्क भएको आरोप लगाएका छन् । "/>

सांसदलाई घडेरी दिने गलत निर्णय तत्काल फिर्ता गर्नु पर्छ : कमल थापा

सांसदलाई घडेरी दिने गलत निर्णय तत्काल फिर्ता गर्नु पर्छ : कमल थापा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
उपप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रदेश ३ का सांसदलाई हेटौंडामा घडेरी दिने निर्णय गलत र अपरिपक्क भएको आरोप लगाएका छन् । हेटौंडा उपमहानगरपालिकाले प्रदेश ३ का सांसदलाई सरकारी मूल्य अनुसार नै पाँच वर्षमा तिर्ने गरी घडेरी दिने निर्णय गरेको भोलिपल्ट नेता थापाले आपत्ति जनाएका हुन् । उनले उक्त निर्णय तत्काल फिर्ता लिन समेत माग गरेका छन् ।

उनले यस्तो निर्णयले प्रदेश ३ को राजधानी हुने सौभाग्य पाएको हेटौंडाको महत्व घट्ने दाबी समेत गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमा शनिबार साँझ थापाले लेखेका छन्, ‘प्रदेशसभा सांसदलाई किस्ताबन्दीमा जग्गा–घडेरी उपलब्ध गराउने हेटौंडा उपमहानगरपालिकाको निर्णय गलत र अपरिपक्व छ । तत्काल फिर्ता लिन सल्लाह दिन्छु । यस्तो निर्णयले प्रदेशको राजधानी हुने सौभाग्य पाएको हेटौंडाको गरिमा र महत्व घटाउँछ ।’
अन्नपूर्णबाट

Logo