काठमाडौं
फोर्ड गाडीको नेपालका लागि आधिकारिक विक्रेता जिओ अटोमोबाइल्स प्रालिले आपूर्ति विभागलाई झुक्काएको छ । ठगी आरोपमा कारबाही अघि बढाउने भएपछि ठगी स्वीकार गर्दै मूल्य घटाउने प्रतिबद्धता जाहेर गरेको भए पनि आफ्नै प्रतिबद्धता विपरीत कम्पनीले मूल्य घटाउन नमानेको हो । "/>

फोर्डले ठगी स्विकार्यो तर मूल्य घटाएन

फोर्डले ठगी स्विकार्यो तर मूल्य घटाएन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
फोर्ड गाडीको नेपालका लागि आधिकारिक विक्रेता जिओ अटोमोबाइल्स प्रालिले आपूर्ति विभागलाई झुक्काएको छ । ठगी आरोपमा कारबाही अघि बढाउने भएपछि ठगी स्वीकार गर्दै मूल्य घटाउने प्रतिबद्धता जाहेर गरेको भए पनि आफ्नै प्रतिबद्धता विपरीत कम्पनीले मूल्य घटाउन नमानेको हो । विभागका अनुसन्धान अधिकृत रमेशकाजी श्रेष्ठले फोर्ड गाडीले मूल्य नघटाएको जानकारी दिए । एक साता अघि बढी मूल्य लिएको स्विकार गर्दै ७५ हजार रुपैयाँ देखि १ लाख रुपैयाँ सम्म प्रतिगाडी मूल्य घटाउने प्रतिबद्धता व्यक्त गरेको विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिए ।

सो प्रतिबद्धता जाहेर गरेको केही दिनपछि आफूले मूल्य घटाएको भनेर कम्पनीका प्रतिनिधिले जानकारी दिएका थिए । तर विभागले लिखित रूपमा मूल्य घटाएको जानकारी दिन भनेपछि कम्पनी विभागलार्इ लिखित प्रतिवद्धता जनाउनुको सट्टा आपूर्तिमन्त्री, मुख्यसचिव देखि आपूर्ति मन्त्रालयका सचिव सम्मलाई प्रभावमा पारी कारवाही प्रक्रिया रोक्ने चलखेलमा लागेको छ ।

विभागले कानुन बमोजिम काम गर्दा कसैको दबाब र प्रभावमा नपर्ने भन्दै आइतबार बिहान १० बजे नै पाँच वटा गाडी विक्रेताको फाइल पठाइदिने तयारी भइरहेको जनाएको छ । विभागले पहिलो चरणमा २० प्रतिशतभन्दा धेरै नाफा लिने गाडी विक्रेताहरूको फाइल पठाइने र दोस्रो चरणमा २० प्रतिशत भन्दा कम तर कानुन विपरीत शुल्क उठाउने गाडी विक्रेता माथि कारबाही गर्ने तयारी भइरहेको जनाएको छ ।
राजधानीबाट

Logo