काठमाडौं
उपचार खर्च अभावमा धेरै नेपालीले सानो रोगका कारण अकालमै ज्यान गुमाइरहेका छन् । धेरै नेपाली एक एक रुपैयाँ जुटाउन सडकमा भिख मागिरहेका भेटिन्छन् । "/>

काठमाडौंका करोडपति धनाढ्‍य मन्त्रीले किन लिए राज्यकोषको ५० लाख ?

काठमाडौंका करोडपति धनाढ्‍य मन्त्रीले किन लिए राज्यकोषको ५० लाख ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
उपचार खर्च अभावमा धेरै नेपालीले सानो रोगका कारण अकालमै ज्यान गुमाइरहेका छन् । धेरै नेपाली एक एक रुपैयाँ जुटाउन सडकमा भिख मागिरहेका भेटिन्छन् । सरकारले थोरै मात्र उपचार खर्च व्यवस्थित रुपमा सर्वसाधरणलाई वितरण गर्न सकेमा धेरैको ज्यान जोगिने अवस्था छ । तर बाहिरिने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आफू कहाँ पहुँच बनाउने र आफ्ना आसेपासेलाई मुठ्ठी खोलेर राज्यकोषको रकम धमाधम बाँडिरहेका छन् ।

यस्तै मुठ्ठी खोलेर काठमाडौंका स्थायी बासिन्दा तथा धनाढ्य एक मन्त्रीलाई देउवाले धक फुकाएर राज्यकोषको रकम प्रदान गरेका छन् । यी मन्त्रीलाई न त कुनै ठुलो रोग लागेको छ न कुनै ठुलो विपत्ति या संकट नै । बाहिरिने बेलामा उनले पनि राज्यको ढुकुटीबाट ठुलै पोको लिएर निस्कने भएका छन् । काठमाडौंका स्थायी बासिन्दा तथा धनाढ्य मन्त्रीका रुपमा चर्चित देउवा सरकारका रक्षामन्त्री भीमसेनदास प्रधानले बाहिरिने बेलामा ५० लाख रुपैयाँ आर्थिक सहयोग लिएका छन् । मन्त्रिपरिषद्बाट निर्णय गराएर काठमाडौं २७ का स्थायी बासिन्दा रक्षामन्त्री भीमसेनदास प्रधानले ५० लाख रुपैयाँ सहयोग लिएपछि आलोचना सुरु भएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले रक्षामन्त्री भीमसेनदास प्रधानलाई उपचारका लागि ५० लाख दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । उपचारका लागि भन्दै मन्त्री प्रधानले आफैंले प्रस्ताव गरेपछि उनका लागि ५० लाख दिने निर्णय भएको पनि ती मन्त्रीले जानकारी दिए ।

मन्त्री प्रधानले नै क्याबिनेट बैठकमा आफुलाई उपचार खर्च वापत ५० लाख रुपैयाँ दिनुपर्ने प्रस्ताव गरेका थिए । मन्त्री प्रधानले त्यस्तो प्रस्ताव राख्दा अन्य मन्त्रीहरु एकापसमा मुख हेराहेर गरेका थिए । कुनै पनि किसिमको प्राणघातक रोग लागेको प्रमाणित नभएका मन्त्री प्रधानले त्यो प्रस्ताव राख्दा अन्य मन्त्रीहरु बीच मुखामुख भएको थियो । काठमाडौंका रैथाने करोडपति मन्त्री प्रधानको प्रस्तावलाई मन्त्रिपरिषद्ले अनुमोदन गरी उपचार खर्च वापत यति ठूलो रकम एकैचोटी उपलब्ध गराउने निर्णय शुक्रबारै गरिसकेको छ । काठमाडौं ६ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद समेत रहेका प्रधानको करोडौँ सम्पत्ति रहेको कुरा उनले पेश गरेको सम्पत्ति विवरणले नै प्रष्ट देखाएको छ ।

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको सम्पत्ति विवरण उनीसँग करोड भन्दा माथिको सम्पत्ति छ । उनीसँग काठमाडौं महानगरपालिका २७ मा ५ आना ३ पैसा २ दाम जग्गा छ । त्यसैगरी नागर्जुन नगरपालिका ६ इचङ्गुमा ४२५.०६ वर्गमिटर क्षेत्रफलमा फैलिएको जमिन पनि उनीसँगै छ । उनको घर अहिले काठमाडौँ महानगरपालिका २७ स्थित ज्याठामा रहेको छ । प्रधानले आफ्नो जग्गाजमिन तथा अन्य जायजेथाको सबै विवरण समेत पेस गरेका छैनन् । उनको सम्पति विवरणमा सात थान हिरा जडित गहना पनि रहेको उल्लेख गरिएको छ ।

अन्नपूर्णबाट

Logo