चितवन
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देशको हित नहुने भएमा आफूले फड्को हान्ने बताएका छन् । महाबौद्ध गुम्बा, तीनखोलेको समुद्घाटन समारोहलाई शनिबार सम्बोधन गर्दै उनले देशलाई अप्ठ्यारो पर्न लाग्यो भने कुनै उपाय निकालेर अगाडि बढ्ने बताए ।
‘म अहिले जहाँनेर छु त्यहाँबाट देशको हित नहुने भयो भन्ने लाग्यो भने मैले अर्को फड्को हान्न बेरै लाग्दैन’, प्रचण्डले भने, ‘अब प्रचण्ड भनेकै त्यही भइसक्यो। माओवादी भनेकै त्यही भइसक्यो । अप्ठ्यारो पर्न लाग्यो भने कुनै न कुनै उपाय निकालेर अगाडि बढ्ने ।’ उनले बुद्ध धर्मको संरक्षण गर्न अधिकार सम्पन्न प्राधिकरण आवश्यक भएको बताए । गुम्बा निर्माण समिति भन्दा प्रभावकारी र शक्तिशाली निकाय आवश्यक परेको भन्दै उनले प्राधिकरण निर्माणमा जोड दिए ।
संविधानले सबै धर्मलाई समान रुपमा सम्मान गरेको उल्लेख गर्दै उनले तर हाम्रो संस्कार त्यस्तो बनिनसकेको बताए। राजनीतिले कुनै धर्मलाई काखा र कुनै धर्मलाई पाखा गर्न नहुने बताउँदै उनले जनताको आफ्नो आस्था नखोसियोस् भनेर राज्यलाई धर्मनिरपेक्ष घोषणा गरिएको बताए । उनले झड्केलो सन्तानका रुपमा अरु धर्मलाई हेरिने गरेको बताउँदै भने, ‘सिद्धान्तमा स्थापित छ, तर व्यावहारिक बनाउन सकिएको छैन।’ बुद्ध धर्म प्रगतिशील भएको बताउँदै उनले शान्तिका लागि बुद्धधर्मले महत्वपूर्ण भूमिका खेलेको बताए ।
अन्नपूर्णबाट





























प्रतिक्रिया