काठमाडौँ । निर्माण सम्पन्न गर्ने समझौता भएको ६ बर्षपछि चमेलिया जलबिधुत आयोजनाबाट विजुलीको उत्पादन शुरु भएको छ । सरकारी लगानीमा निर्माण भएको चमेलियाको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् ।
शनिबारबाट आयोजनाले व्यवसायिक उत्पादन शुरु गरेको हो । शैल्यशिखर नगरपालिका १ बलाँचमा निर्माण भएको आयोजनाबाट गत पुर २८ गतेबाट नै १५ मेगावाट विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारणलाइनमा जोडिइसकिएको छ । अर्धजलासययुक्त आयोजना चमेलियाबाट दैनिक ६ घण्टा पूर्ण रुपमा विजुली उत्पादन हुन्छ ।
दर्चुलामा रहेको चमेलिया आयोजनाको विद्युत उत्पादन क्षमता ३० मेगावाट रहेको छ । चमेलियाको सुरुको लागत साँढे ८ अर्ब बाट बढेर करिब १६ अर्ब पुगेको छ भने ०६८ मा सम्पन्न हुनु पर्ने आयोजना बिभिन्न पटक म्याद थप गर्दै ६ वर्ष ढिलो गरी ११ बर्षमा सकिएको हो ।





























प्रतिक्रिया