हुम्ला
हुम्लाका स्थानीय नागरिकता लिनकै लागि लामो समय कुर्नु पर्ने झन्झटबाट मुक्त हुने भएका छन् । अब जिल्ला प्रशासन कार्यालय हुम्लाले सेवाग्राहीलाई १० मिनेटमै नागरिकता प्रदान गर्नेगरी गृहकार्य थालेको छ । नागरिकता लगायतका काम कम्प्युुटर प्रणालीद्धारा हुने भएपछि नागरिकले चाँडो सेवा पाउने भएका छन् । २,३ दिन सम्म पैदल हिँडेर सदरमुकाम सिमकोट पुगेर नागरिकता लिनुपर्ने बाध्यताबाट स्थानीय मुक्त हुने भएका हुन् ।
जिप्रका हुम्लाबाट हुने सबै काम छिटो र छरितो तरिकाले सम्पन्न गर्न निर्देशन दिएको र काम पनि सुरू भएको प्रजिअ नेत्र प्रसाद शर्माले जानकारी दिए । केही कम्युटर जडान भइसेकेको र केही कम्प्युटर चाँडै कार्यालयमा जडान हुने पनि उनले जानकारी दिए । सबै काम कम्युटर प्रणाली मार्फत हुने भएपछि घण्टौं लाग्ने काम अब चाँडै हुने प्रजिअ शर्माको विश्वास छ ।
यसै विच चालु आर्थिक वर्षमा २ सय ३३ जना महिला र ३ सय २८ जना पुुरुषलाई नयाँ नागरिकता प्रदान गरिएको जिप्रका हुम्लाले जनाएको छ । कम्प्युुटर प्रणालीबाट केही समयमै सेवाग्राहीलाई नागरिकता प्रदान गर्न सफल भएको जिप्रका हुम्ला स्थित नागरिकता फाँटका नायव सुुब्बा भीमबहादुुर रोकायाले बताए । उनले वडा कार्यालयबाट सबै प्रकृया पु¥याएपछि नागरिकता लिन खासै समय नलागेको बताए ।
नयाँपत्रिकाबाट































प्रतिक्रिया