काठमाडौं
लागू औषध तस्करी मुद्दामा फरार रहेका नयाँबानेश्वर स्थित एभरेस्ट होटलका सञ्चालक मस्कुर अहमद लारीलाई प्रहरीले पक्राउ गरेको छ । "/>

एभरेष्ट होटलका सञ्चालक लारी पक्राउ , यस्तो छ कारण ..!

एभरेष्ट होटलका सञ्चालक लारी पक्राउ , यस्तो छ कारण ..!

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
लागू औषध तस्करी मुद्दामा फरार रहेका नयाँबानेश्वर स्थित एभरेस्ट होटलका सञ्चालक मस्कुर अहमद लारीलाई प्रहरीले पक्राउ गरेको छ । २१ वर्षअघिको लागूऔषध मुद्धामा महानगरीय प्रहरी कार्यालय र महाराजगन्ज वृत्तले बिहीबार उनलाई महाराजगन्जबाट पक्राउ गरेको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी गणेश केसीले लारी पक्राउ परेको पुष्टि गरे । उनलाई अदालत पेश गर्ने तयारी भइरहेको समेत उनले बताए ।

सन १९९७ मा जर्मनीको फ्रयांकफर्ट विमानस्थलमा फेला परेको २ सय ५० किलो चरेस बरामदमा संलग्नता खुलेपछि प्रहरीले उनको खोजी गरिरहेको थियो । तर पक्राउ गर्न नसकेपछि अभियुक्त फरार रहेको भनी जिल्ला अदालतमा मुद्दा तामेली राखिएको थियो । तर जिल्ला अदालतले सो मुद्दा जगाउँदै पुनः सुनुवाइ थालेको थियो । जिल्ला अदालतले २०६८ सालमा मस्कुरको नाममा पक्राउ आदेश जारी गरेपछि उनी फरार रहँदै आएका थिए । उनले दुई दिन अघि मात्र एभरेस्ट होटलको सेयर सम्बन्धी विवाद मुद्दा जितेका थिए ।
राजधानीबाट

Logo