मकवानपुर
नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलको नेतामा ईन्द्र बहादुर बानियाँ चयन भएका छन् । काठमाडौंमा विहीबार सम्पन्न बैठकले बानियाँलाई सर्वसम्मत चयन गरेको हो । "/>

प्रदेश ३ मा कांग्रेसको संसदीय दलको नेतामा बानियाँ

प्रदेश ३ मा कांग्रेसको संसदीय दलको नेतामा बानियाँ

केन्द्रबिन्दु
0
Shares

मकवानपुर
नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलको नेतामा ईन्द्र बहादुर बानियाँ चयन भएका छन् । काठमाडौंमा विहीबार सम्पन्न बैठकले बानियाँलाई सर्वसम्मत चयन गरेको हो । दलको नेता चयनका लागि ३ दिन देखि काठमाडौंमा बैठक भईरहेको थियो ।

संसदीय दलको नेताका लागि पूर्व केन्द्रीय सदस्य डा. राजाराम कार्कीले पनि अन्तिम सम्म आकांक्षा राखेपनि अन्ततः सर्वसम्मत रुपमा बानियाँ संसदीय दलको नेता चयन भएका छन् । पार्टी पदाधिकारी बैठकबाट संसदीय दल गठनका लागि जिम्मेवारी पाएकी कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाको उपस्थितिमा बैठक बसेको थियो । संसदीय दलको नेता चयन भएपछि बानियाँले नेपाली कांग्रेसलाई ३ नम्बर प्रदेशमा सशक्त पार्टीको रुपमा प्रदेश सभामा प्रस्तुत गर्ने बताए । उनका अनुसार पार्टीले प्रदेशको संसदीय दल सम्बन्धी विधान पास गरेपछि थप कार्यविभाजन हुनेछ ।

कांग्रेसको संसदीय दलको नेता चयन भएका बानियाँ मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश २ बाट प्रदेश सदस्यमा विजयी भएका थिए । गृह राज्यमन्त्री र संस्कृति पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका उनी नेपाली कांग्रेस मकवानपुरका सभापति समेत हुन् । संबिधान सभा (दोश्रो) ०७० को चुनावमा तत्कालिन मकवानपुर १ बाट निर्वाचित भएका उनी मात्र जिल्लामा बिजयी काँग्रेस उम्मेदवार थिए ।
नागरिकबाट

Logo