बुधबार राष्ट्रिसभाको निर्वाचन सम्पन्न भएको छ । प्रदेश नम्बर २ बाहेकका प्रदेशहरुमा निर्वाचन मार्फत प्रतिनिधि छनोट भएका हुन् । "/>

वडा सदस्य पदमा ४ मतले पराजित नरपति राष्ट्रियसभामा विजयी

वडा सदस्य पदमा ४ मतले पराजित नरपति राष्ट्रियसभामा विजयी

केन्द्रबिन्दु
0
Shares

बुधबार राष्ट्रिसभाको निर्वाचन सम्पन्न भएको छ । प्रदेश नम्बर २ बाहेकका प्रदेशहरुमा निर्वाचन मार्फत प्रतिनिधि छनोट भएका हुन् ।

राष्ट्रियसभाका अधिकांस सिट वाम गठबन्धनले जितेको छ । यसैबीच राष्ट्रिय सभा सदस्य निर्वाचनमा एक यस्तो उम्मेदवार विजयी भएका छन् , जो स्थनीय तहको निर्वाचनमा वडा सदस्य पदमा पराजित भएका थिए ।

कालिकोटका नरपति लुहार जिल्लाको रास्कोट नगरपालिका ८ को वडा सदस्यमा पराजित भएका थिए ।

माओवादी केन्द्रका उम्मेदवारसँग ४ मत अन्तरले पराजित लुहारले राष्ट्रिय सभा निर्वाचनमा ३ हजार ६ सय ६६ मतभार प्राप्त गरे । ०४७ सालमा एमालेमा आबद्ध उनी हाल जिल्ला कमिटीको सचिवालय सदस्य हुन् । ०४४ सालमा उपप्रधानपञ्च, ०५४ सालमा एमालेबाट तत्कालीन फुकोट गाविसको वडाध्यक्ष निर्वाचित भएका थिए ।

राष्ट्रिय सभामा विजयी भएपछि लुहारले जातीय विभेदको चपेटमा परेको दलित समुदायको पक्षमा निरन्तर आवाज उठाउने प्रतिक्रिया दिए । ‘

Logo