नेपालमा आज २ हजार ७३६ जना संक्रमित थपिए

नेपालमा आज २ हजार ७३६ जना संक्रमित थपिए


काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ । आज २ हजार ७३६ जना नयाँ संक्रमित थपिएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १४८ पुगेको छ । आज मात्र २२ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या १ लाख ६० हजार ५७७ पुगेको छ । आज निको हुनेको संख्या ८५३ छ ।

आजको पिसिआर परीक्षण १२ हजार ९६० रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १५ लाख ६४ हजार २१४ रहेको छ । आज ३८ हजार ३५ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

Logo