काठमाडौं
प्रधानन्यायाधीश गोपाल पराजुलीले अदालतको अवहेलना गरेको दावी सहितको अहवेलना मुद्दा सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार गरेको छ । "/>

प्रधानन्यायाधीश विरुद्धको मुद्दा सर्वोच्चले दर्ता गरेन

प्रधानन्यायाधीश विरुद्धको मुद्दा सर्वोच्चले दर्ता गरेन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
प्रधानन्यायाधीश गोपाल पराजुलीले अदालतको अवहेलना गरेको दावी सहितको अहवेलना मुद्दा सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका रजिष्ट्रार महेन्द्रनाथ उपाध्यायले उक्त मुद्दा दर्ता अस्वीकार गरेका हुन् । निवेदक मनोज अधिकारीले पेश गरेको निवेदनमा मुद्दा दर्ता गर्न आउनुको कारण नखुलेको उल्लेख गर्दै रजिष्ट्रारले निवेदन फिर्ता गरेका हुन् । निवेदकले कारण खुलाइ पेश गरेको मुद्दा दर्ता वा दरपीठ गर्नु पर्ने कानुनी व्यवस्था छ ।

सर्वोच्च अदालतले दायर गरेको गोविन्द केसी विरुद्धको अवहेलना मुद्दामा प्रधानन्यायाधीश गोपाल पराजुलीले उनका कानुन व्यवसायी अधिवक्ता डा. सुरेन्द्र भण्डारीलाई बोलाएर धम्क्याएको रहस्य खुलेको भन्दै विचाराधिन मुद्दाका पक्ष वा कानुन व्यवसायीलाई धम्क्याउने कार्यबाट अदालतको अवहेलना भएको दावी सहित अधिकारीले सर्वोच्च अदालतमा पराजुली विरुद्ध अवहेलनाको निवेदन पेश गरेका थिए ।
नागरिकबाट

Skip This
Skip This
Logo