काठमाडौं
आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चूडामणि शर्माको घरमा मंगलबार दिउँसो तोडफोड भएको छ । प्रहरी मुख्यालयका प्रवक्ता डीएसपी मनोज न्यौपानेका अनुसार मंगलबार दिउँसो नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले घरमा तोडफोड गरेका हुन् । "/>

चूडामणि शर्माको घरमा तोडफोड

चूडामणि शर्माको घरमा तोडफोड

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चूडामणि शर्माको घरमा मंगलबार दिउँसो तोडफोड भएको छ । प्रहरी मुख्यालयका प्रवक्ता डीएसपी मनोज न्यौपानेका अनुसार मंगलबार दिउँसो नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले घरमा तोडफोड गरेका हुन् । तोडफोडले घरको तीन वटा झ्यालका सिसा फुटेको छ ।

प्रहरीले तोडफोडमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताको संलग्नता रहेको पुष्टि गरेको छ । तोडफोडमा संलग्नको खोजी भइरहेको प्रवक्ता न्यौपानेले जानकारी दिए । यस अघि भ्रष्टाचार गरेको अभियोगमा मुद्दा लागेपछि निलम्बित भएको अवस्थामा गत असोज महिनामा शर्माको घरमा बम विस्फोट भएको थियो । कर फछ्र्यौट गर्ने क्रममा भ्रष्टाचार गरेको दाबी सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मा विरुद्ध विशेष अदालतमा १० अर्ब २ करोड बढी मुद्दा दायर गरेको थियो । अहिले सम्मकै सबैभन्दा ठूलो भ्रष्टाचार मुद्दामा कर फर्छयोट आयोगका पूर्व सदस्य शर्मालाई विशेष अदालतले एक करोड धरौटीमा रिहा गरेको थियो ।

Logo