काठमाडौं ।
अजयराज सुमार्गीले विदेशबाट ल्याउन लागेको ४ अबै रुपैयाँ नरोक्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
मंगलबार सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले तत्कालका लागि सुमार्गीलाई उक्त रकम उपयोग गर्न दिनु भनेर राष्ट्र बैंकलाई अन्तरिम आदेश दिएको हो ।
सर्वोच्चमा मंगलबार दुवै पक्षका वकिलहरुले गरेको बहसपछि यस्तो फैसला आएको हो । फैसलामा बैदेशिक लगानीका लागि आउने रकम रोकिरहन उपयुक्त नभएको भनिएको छ ।
गत आइतबार सुमार्गीले सञ्चालन गरेको नेपाल स्याटेलाइट, टेलिकम प्रालिका कर्मचारी सुवाचन्द्र पौडेलले राष्ट्रबैकलाई विपक्षी बनाएर रिट निवेदन दिएका थिए ।
मुक्तिश्री प्रा.लि.ले आफूले ल्याएको वैदेशिक लगानीको रकम राष्ट्र बैंकले अवैधानिकरूपमा रोकेको भन्दै फुकुवा गरिदिन मागसहित आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेको थियो ।
रिट निवेदनको विषय गम्भीर भएको भन्दै फागुन २ गते वृहत्तर छलफलका लागि दुवै पक्षलाई उपस्थित गराउन समेत आदेश दिएको छ।





























प्रतिक्रिया