काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले थप दूई शाखा कार्यायहरु सञ्चालनमा ल्याएको छ । कम्पनीले झापाको दमक, सुनसरीको इटहरी र एक उपशाखा मोरङ्गको विराटचोकमा मिति माघ २२ गते देखि साखा संचालनमा ल्याएको जनाएको छ ।
शाखाहरुको उद्घाटन कम्पनीका संचालकद्धय योगेश्वर शर्मा ढकाल र प्रताप जंग पाण्डे संयुक्त रुपमा गरे । शाखा उद्घाटन समारोहमा स्थानिय उद्योगी, व्यापारीहरु लयागत विभिन्न बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीका प्रमुख तथा प्रतिनिधीहरु, स्थानीय उद्योगी, व्यापारी, व्यावसायीहरु, सहकारी संस्थाका प्रमुखहरु तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।
शाखाको उद्घाटन कार्यक्रममा कम्पनीका संचालक समितिका सदस्यद्धय श्री ढकाल र पाण्डेलेज्यूले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरी नै शाखा सञ्जाल विस्तार गरी ग्राहक महानुभावहरुलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने बताए ।
उद्घाटन भएको शाखा सहित २६ वटा शाखा, ३ वटा उपशाखा कार्यालय तथा १० वटा सेवा काउण्टरहरु र प्रधान कार्यालय सहित ४० स्थानबाट सेवाग्राहीहरुलाई सेवा दिँदै आएका छन् ।
निकट भविष्यमानै थप १४ शाखा तथा उपशाखा कार्यालयहरु खोलेर ५४ स्थानबाट सेवा प्रदान गर्दै आफनो शाखा सञ्जाललाई देशको विभिन्न भागमा विस्तार गर्दै चुस्त सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ ।





























प्रतिक्रिया