अमेरिका पठाइ दिन्छु भन्दै डेढकरोड ठगी गर्ने युवक पक्राउ

अमेरिका पठाइ दिन्छु भन्दै डेढकरोड ठगी गर्ने युवक पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले एक करोड ५० लाख ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनिष बस्नेत र नरेन्द्र बहादुर पण्डित भन्ने २९ वर्षीय सुलभ पण्डित क्षेत्री रहेका छन् ।

ब्यूरोबाट खटिएको टोलीले ‘अमेरिका पठाइ दिन्छु’ भनी ठगी गर्ने कार्यमा संलग्न सुलभलाई गोकर्णेश्वर बेँसीगाउँबाट आइतबार पक्राउ गरेको हो । सुलभले विभिन्न व्यक्तिलाई आफू अमेरिकन आर्मी हुँ, अमेरिका पठाइदिन्छु, भारतीय सेनामा भर्ती गराइदिन्छु, भनी नेपाली नागरिकताको प्रमाणपत्र समेत तीन जनाको नाममा फेसबुक एकाउन्ट बनाई चौध जनासँग एक करोड ५० लाख भन्दा बढी ठगी गरेको प्रहरीले जनाएकोे छ । पक्राउ परेकासँग थप अनुसन्धान भइरहेको ब्यूरोले बताएको छ । रासस

Logo