काठमाडौं
राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी एकताको ‘घनीभूत’ छलफलमा रहेका एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग ‘लन्च मिटिङ’ गरेकी छन् । शनिबार दिउँसो उनले दुवै अध्यक्षलाई शीतलनिवास बोलाई झन्डै पाँच घण्टा लामो भेट गरेकी हुन् । दुई अध्यक्षसँग राष्ट्रपतिको भेटबारे राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा.भेषराज अधिकारीले पुष्टि गरे पनि कुराकानीको एजेन्डाका विषयमा भने अनभिज्ञता व्यक्त गरे । ‘उहाँहरू (ओली र दाहाल) सँग राष्ट्रपतिज्यूको शनिबार शीतलनिवासमै भेटघाट भएको हो,’ डा.अधिकारीले भने, ‘अनौपचारिक भेटघाट भएकोले त्यहाँ हाम्रो सहभागिता रहने कुरा भएन, कुराकानी के भए त्यो पनि जानकारी हुने कुरा भएन ।’
तर माओवादी केन्द्रका अध्यक्ष दाहाल निकट स्रोतका अनुसार राष्ट्रपतिले दुई अध्यक्षलाई आमन्त्रण गरी गरेको लन्च छलफलमा उनले दुई कम्युनिस्ट पार्टीको एकता प्रक्रिया देखि नयाँ राष्ट्रपति चयन सम्मका विषयमा जिज्ञासा राखेकी थिइन् । अनौपचारिक कुराकानीमा अत्यन्त खुलेरै तीन नेता बीच कुराकानी भएको शीतलनिवास स्रोतले पनि बतायो । उक्त छलफलमा राष्ट्रपति भण्डारीले राष्ट्रपतिमा पुनः दोहोरिने इच्छा प्रकट गरेकी थिइन् । ‘आम जनमत एमाले र माओवादी बीच एकताकै पक्षमा छ, तपाईंहरूले पार्टी एकता गर्नुहोस्’, राष्ट्रपति भण्डारीको भनार्इ उद्धृत गर्दै शीतलनिवास स्रोतले भन्यो, ‘नयाँ राष्ट्रपति/उपराष्ट्रपति चुनावका सन्र्दभमा पनि दुई पार्टी भित्रैबाट आउने भएकाले एक कार्यकाल हामीलाई नै अवसर दिनुहोस् ।’
अन्नपूर्णबाट































प्रतिक्रिया