जीवनमा एक पटक गरिने विवाहलाई सबैले यादगार होस् भन्ने नै चाहन्छन् । यस्तै आफ्नो विवाहलाई यादगार बनाउन एक जोडीले शौचालयमा विवाह गर्ने निर्णय गरेका छन् ।
अमेरिकाको न्यूजर्सिका ब्रायन र मारिया सुल्जले विवाह कहाँ गर्ने भन्ने योजना पहिल्यै बनाएका थिए । तर उनीहरुले आगन्तुकहरुलाई भने स्थानिय अदालतमा बोलाए । अदालतमा कागजी विवाह गर्न भेला भएपछि दुलहा र दुलही शौचालयमा गए र सबैलाई शौचालयमै विवाह गराउन बोलाए । उनीहरुको चाहना अनुसार उनीहरुको विवाह शौचालयमै सम्पन्न भयो । उक्त विवाहको साक्षीमा दुलहाको आमाले हस्ताक्षर गर्नु पर्ने भएको हुनाले उनलाई पनि शौचालयमै बोलाईयो । उनी जव शौचालयमा पुगिन् त्यहाँको गन्धले उनलाई दमको समस्या अकस्मात भयो र श्वास फेर्न कठिन बन्दै गयो ।
एकातिर विवाहलाई सम्पन्न गर्नु पर्ने अर्को तर्फ आमालाई आकस्मिक उपचारमा लैजानु पर्ने भएपछि उनलाई तत्काल कृत्रिम अक्सिजन दिएर विवाहको कागजमा हस्ताक्षर गराईयो । आपत्कालिन उपचारमा आएका चिकित्सकहरुको मद्धतले आमालाई अस्पताल भने पुर्याउन सफल भए । यदी उनीहरुले आमालाई सहि नगराएर उपचारमा नलगेको भए उनीहरुले विवाहको सर्टिफिकेट पाउन ४५ दिन कुर्नुपर्ने थियो ।





























प्रतिक्रिया