प्रदेश नम्बर ७ मा मुख्यमन्त्री छनोटको विषयलाई लिएर अहिले माओवादी केन्द्रभित्र विवाद देखिएको छ । मुख्यमन्त्रीमा त्रिलोचन भट्टको नाम सिफरिस भएको भन्ने खवरहरु सार्वजनिक भइरहेका बेला प्रदेश नम्बर ७ का शीर्ष नेताहरुले फरक फरक प्रतिकृया दिइरहेका छन् । "/>

मुख्यमन्त्री विवादः लेखराज भट्ट र लक्ष्मी जोशीको बयान फरक

मुख्यमन्त्री विवादः लेखराज भट्ट र लक्ष्मी जोशीको बयान फरक

केन्द्रबिन्दु
0
Shares

प्रदेश नम्बर ७ मा मुख्यमन्त्री छनोटको विषयलाई लिएर अहिले माओवादी केन्द्रभित्र विवाद देखिएको छ । मुख्यमन्त्रीमा त्रिलोचन भट्टको नाम सिफरिस भएको भन्ने खवरहरु सार्वजनिक भइरहेका बेला प्रदेश नम्बर ७ का शीर्ष नेताहरुले फरक फरक प्रतिकृया दिइरहेका छन् ।

प्रदेश–७ मा मुख्यमन्त्रीको दाबी गर्दै आएका दार्चुला ‘ख’ बाट निर्वाचित मानबहादुर धामी सन्तोषले केन्द्रबाट तीन जनाको नाम मागेपनि प्रदेशका नेताहरुले सहमतिबीना एक जनाको नाम मात्र सिफारीस गर्नु बिडम्बनापुर्ण भएको बताउँदै संसदीय दलको नेताका लागि पार्टीभित्र उम्मेदवारी दिने बताए ।

उनिहरुले संगठनको मूल्यमान्यता र विधिविधान विपरित निर्णय गर्नु ठिक छैन, यसमा आफ्नो आपत्ति छ, धामीले भने, निश्चित रुपमा आफुले संसदिय दलको नेताकालागी उम्मेदबारी दिन्छु । मुख्य मन्त्रीका प्रबल दाबेदार मानिएका कैलालिका बिरमान चौधरीले समेत आफुलाइ समर्थन गर्ने बताइसकेको धामीको दाबी छ ।

माओवादी केन्द्रका प्रदेश–७ इञ्चार्ज लेखराज भट्टले भने आफूहरुले सबै जिल्लाका इञ्चार्ज र संयोजकसँग छलफल गरेर निर्णय गरेको बताए ।

मानबहादुर धामीपनि दार्चुला जिल्लाका इन्चार्ज हैनन र ? उनले त उनलाई त जानकारी गराउँनुभएनछ त ? भन्ने हाम्रो प्रश्नमा भट्टले रेडिमेट जवाफ दिदै, उहाँलाइ जानकारी भयो भएन्, त्यो भन्न सक्ने कुरा भएन, त्यस्तै कुरा अरुले पनि भन्ला, यो त आन्तरीक कुरा हो, उनि मिडियामा किन गए भन्ने उनैले जानुन्, पार्टीको बिधि पद्धति त्यो हैन । हाम्रो आन्तरीक पार्टी कमिटिमा जनबादी केन्द्रीयताको आधारमा निर्णय हुन्छ, त्यही लोकतान्त्रीक पद्धति हो निर्बाचन हुदैन भट्टले भने ।

यता प्रदेश संयोजक लक्ष्मी जोशीले भने भट्टसंगै ४ जना अरु नेताहरुको समेत नाम केन्द्रमा पठाएको फरक जवाफ दिए ।

त्रिलोचन भट्टलाई पार्टीको प्रदेश समितिले शुक्रबार मुख्यमन्त्री बनाउन पार्टी केन्द्रीय समितिमा सिफारिस गरेको थियो । तर संयोजक जोशीले भट्ट सहित मान बहादुर धामी, बिरमान चौधरी र झपट बोहरालाइ समेत सिफारीस गरेर पठाएको जिकिर गर्नुभयो ।

त्रिलोचन जि प्रार्थमिकतामा राखेर सिफारीस भएका हुन, अरु साथीहरुको समेत सिफारीस गरीएको छ, बाँकी निर्णय केन्द्रीय किमिटिले गर्छ । निर्वाचन हुँदैन्, पार्टीको निर्णय सबैले मान्नुपर्छ जोशीले भने । यसअघि धामी र चौधरीको नाम मुख्य चर्चामा रहेपनि भट्ट सिफारीस भएको भन्दै प्रदेश कमिटिमा चर्को विवाद भइरहेको छ ।

Skip This
Skip This
Logo