बनेपा ।

कमजोर आर्थिक अवस्थाले कलह ल्याउदो रहेछ तर सम्पन्न भएपछि सबै कलह अन्त्य हुँदै जादोरहेछ भन्ने अनुभूति एक लघुवित्त संस्थामा आबद्ध सस्यहरूले गर्न थालेका छन् । "/>

कलह अन्त्य गर्दै लघुवित्त

कलह अन्त्य गर्दै लघुवित्त


बनेपा ।

कमजोर आर्थिक अवस्थाले कलह ल्याउदो रहेछ तर सम्पन्न भएपछि सबै कलह अन्त्य हुँदै जादोरहेछ भन्ने अनुभूति एक लघुवित्त संस्थामा आबद्ध सस्यहरूले गर्न थालेका छन् । 

बनेपास्थित छिमेक लघुवित्त संस्थाको १३ औँं इकाइ भेलामा सफलताको कथा सुनाउदै काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका– १० दाप्चाकी कल्पना देवकोटाले भन्नुभयो– “मेरो आर्थिक अवस्था कमजोर हुँदा मलाई श्रीमान्ले राम्रो व्यवहार गर्नुभएको थिएन तर अहिले हामी दुबै मिलेर बसेका छौ ।” 

“संस्थामा आवद्ध भएपछि पहिलोपटक रु १५ हजार क्रण लिएर भैँसी किने र त्यसबाट केही कमाई हुँदै गएपछि पुनः रु २० हजार ऋण लिएर तरकारी खेती गरे त्यसपछि झन आम्दानी बढ्दै गएकाले अहिले रु २२ लाखको सम्पत्ती जोडेको छु देवकोटाले भन्नुभयो ।” 

वित्तीय संस्थाबाट पाएको व्यावसायिक तरकारी खेती तालीमबाट आधुनिक तरिकाले तरकारी खेती गरेर मनग्य लाभ लिएको सुनाउदै उहाँले भन्नुभयो– “मेहनतले हामीलाई लगनशील बनाएको छ । ” 

वित्तीय संस्थाबाट लिएको ऋmणबाट तरकारी खेतीका साथसाथै झण्डै छसय कुखुरापालन समेत गरेको जानकारी दिँदै देवकोटाले चारआना घडेरी पनि किनेर अब घर बनाउने तयारीमा लागेकी छु भन्नुभयो । 

उहाँले त्यसबाट भएको आम्दानीबाट आफ्ना दुई छोरालाई पनि बोर्डिङ स्कुलमा पढाएको र श्रमको फल पाउदा हर्षित भएको छु भन्नुभयो । 

उहाँजस्तै पनौती नगरपालिका–६ की गोमा न्यौपानेको जीवनमा पनि परिवर्तन आएको छ । “मैले धेरै दुःख पाए आफ्नै पतिले पनि मलाई विश्वास गरेनन् तर अहिले सबै परिस्थीति फेरिएको छ” उहाँले भन्नुभयो । 

“संस्थामा आवद्ध भएपछि शुरुमा रु २० हजार ऋण लिएर गाई किने पछि पुनः ऋण थपेर गाईको संख्या बढाएपछि आम्दानीको स्रोत बढ्दै गएकाले अहिले मलाई पैसाको समस्या छैन” न्यौपानेले भन्नुभयो । 

उहाँले अहिले पेशा परिवर्तन गरेर फर्निचर उद्योग खोलेको जानकारी दिँदै भन्नुभयो “अहिले मेरो सम्पत्ति करिब रु ८० लाख पुगेको छ ।” 
तेह्र वर्षदेखि उक्त संस्थामा आवद्ध न्यौपानेले गरेको लगानीबाट पाएको प्रतिफलले साढे तीन आना घडेरीसमेत किन्नुका साथै फर्निचर उद्योगमा पाँच जनालाई रोजगारी समेत दिएकी छु भन्नुभयो । 

उक्त संस्थाका आन्तरिक लेखापरीक्षण विभाग प्रमुख निकेश अधिकारीले लघुवित्तमा आबद्ध समाजका सदस्य आर्थिक रुपमा सम्पन्न हुँदै आएकोे बताउनुभयो । 

उहाँले भन्नुभयो– “आयआर्जनका लागि लघुवित्त सबै भन्दा सहज भएकोले यसकोे विश्वास झन बढदै गएको छ ।” अधिकारीले लघुवित्तको ऋणलाई सदुपयोग गरेर जीवनस्तरलाई अझ समृद्ध बनाउन सुझाव दिँदै छलफबाट आएको निष्कर्षपछि संस्थाले नयाँ योजना ल्याउने बताउनुभयो । 

संस्थाका क्षेत्रीय प्रबन्धक प्रदिपकुमार सिंहले संस्थालाई अझ बढी प्रतिष्पर्धी बनाउन नयाँ योजनाले सहयोग गर्ने उल्लेख गर्नुभयो । जिल्लाको सात नगरपालिकामा सेवा दिँदै आएको छिमेक लघुवित्तले रु १२ करोड ८३ लाख ६२ हजार ८१३ बचत संकलन गरेको छ भने रु सात करोड १५ लाख पाँच हजार ६० ऋण लगानी गरेको छ । 

जिल्लामा उक्त संस्थाको ३०१९ सदस्य छन् । ६२ वटा जिल्लामा १२६ कार्यालय रहेको सो संस्थाको चुक्ता पुँजी रु एक अर्ब पुगेको छ । रासस

Logo