सुर्खेत ।

प्रदेशसभाको आज अपराह्न बैठक शुरु हुनुपूर्व बिहान बसेको वाम गठबन्धनको बैठकले प्रदेश बैठकमा कसरी प्रस्तुत हुने र दलबाट कसले धारणा राख्ने भन्ने निर्णय गरेको छ । "/>

प्रदेशसभाको बैठक बस्नुपूर्व किन गठबन्धनले छलफल डाँक्यो ?

प्रदेशसभाको बैठक बस्नुपूर्व किन गठबन्धनले छलफल डाँक्यो ?

केन्द्रबिन्दु
0
Shares

सुर्खेत ।

प्रदेशसभाको आज अपराह्न बैठक शुरु हुनुपूर्व बिहान बसेको वाम गठबन्धनको बैठकले प्रदेश बैठकमा कसरी प्रस्तुत हुने र दलबाट कसले धारणा राख्ने भन्ने निर्णय गरेको छ ।

गठबन्धनको बैठकले यही माघ २४ गते हुने राष्ट्रियसभाको निर्वाचनमा मतदान कसरी गर्ने भन्नेबारे प्रदेशसभा सांसद, नगरपालिका/गाउँपालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष उपाध्यक्षलाई प्रशिक्षण दिइने जनाएको छ । प्रशिक्षण अपराह्न २ः०० बजे सञ्चालन गरिने एमाले जाजरकोटका प्रदेश सांसद करवीर शाहीले बताउनुभयो । 

मतदातालाई मतदान गर्ने तरिकाबारे प्रशिक्षण सञ्चालन तथा समूहको नेतृत्व गर्न एमालेबाट गोरखबहादुर बोगटी र माओवादी केन्द्रबाट गगनबहादुर खड्कालाई जिम्मेवारी दिइएको छ । यसैबीच प्रदेश नं ६को बैठक वीरेन्द्रनगर, सुर्खेतमा आज अपराह्न १ः०० बजे शुरु हुँदैछ । सो प्रदेशमा चार हजार ७६४ मतदाता छन् । रासस

Skip This
Skip This
Logo