धनुषा ।
धनुषामा गए राति भएको टिपर दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार ढल्केवरबाट जनकपुरतर्फ जाँदै गरेको ना.७ख ३२२६ नंको टिपर गए राति साढे ११ बजे जनकपुर उपमहानगरपालिका–१४ मुजेलियामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
दुर्घटना परेर मृत्यु हुनेमा टिपर चालक धनुषाको लक्ष्मीनिया गाउँपालिका सपही बस्ने उदयकुमार शर्मा र सहचालक (खलासी) मिथिला नगरपालिकाको नक्टाझिझ बस्ने सञ्जय पासमान रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार टिपर पल्टिदा दुवै जनाको च्यापिएर घटनास्थलमा नै मृत्यु भएको हो । मृतक दुवैको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा ल्याइएको छ । दुर्घटना भएको ढल्केवर–जनकपुर सडक ६ लेनका लागि विस्तार भइरहेकाले सडक विस्तारका लागि प्रयोग हुने निर्माण सामग्री सडकमै थुपारिराखेको हुँदा दुर्घटना भएको अनुमान गरिएको छ ।
यस्तै रुकुम पश्चिमको बाफीकोट गाउँपालिका–२ पीपलका ४५ वर्षीय कालीबहादुर खत्रीको गए राति भीडबाट लडेर मृत्यु भएको आफन्तले जानकारी दिएका छन् ।
आफ्नो घरभन्दा माथि कालाखर्क भन्ने ठाउँमा दाउरा ल्याउन गएका खत्रीको भीडबाट लडेर मृत्यु भएको हो । बाटोभन्दा करिब सय मिटर तल खसेको र उहाँको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमले बताएको छ ।































प्रतिक्रिया