विराटनगर
उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले प्रत्येक स्थानीय तह र प्रदेशमा एक एक पोलीटेक्निक शिक्षालय स्थापना गरी रोजगारमूलक शिक्षा दिनु पर्ने बताएका छन् । "/>

२२२ वटा विद्यालयलाई नमूना विद्यालयको स्वीकृति

२२२ वटा विद्यालयलाई नमूना विद्यालयको स्वीकृति

केन्द्रबिन्दु
0
Shares

विराटनगर
उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले प्रत्येक स्थानीय तह र प्रदेशमा एक एक पोलीटेक्निक शिक्षालय स्थापना गरी रोजगारमूलक शिक्षा दिनु पर्ने बताएका छन् । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटान शाखाले आयोजना गरेको दुई दिने रोटरी नेपाल लिटरेसी मिशन र वास इन स्कूल अभियानको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै शिक्षामन्त्री श्रेष्ठले साक्षरता र गुणस्तरीय शिक्षाका लागि रोटरी इन्टरनेशनल नेपाल र सरकार बीच द्विपक्षीय सम्झौता भएर केही काम भएको जानकारी दिए । उनले शैक्षिक नीतिमा आमूल परिवर्तनका लागि उच्चस्तरीय शिक्षा आयोगले काम गरिरहेको उल्लेख गर्दै सामुदायिक विद्यालयलाई राम्रो बनाउने कार्यका लागि मुलुकभरिका २२२ विद्यालयलाई नमूना विद्यालयको स्वीकृति दिइएको बताए ।

रोटरी इन्टरनेशनल नेपालका प्रमुख सञ्जय गिरी, रोटरी नेपाल लिटरेसी मिशनका अध्यक्ष तीर्थमान शाक्य, पूर्वाञ्चल विश्व विद्यालयका भाइस चान्सलर घनश्यामलाल दास, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, रोटरी भारत लिटरेसी मिशनका अध्यक्ष शेखर मेहता लगायतले भौतिक र शैक्षिक गुणस्तरीयता कायम गरेर अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए ।
रासस

Skip This
Skip This
Logo