दोलखा
बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने कुरामा कुनै आशंका छैन तर केहि भारतियहरुले बुद्धको जन्मथलो भारतमा हो भनेर भ्रम छर्ने कोसिस गरिरहेका छन् । "/>

बुद्धको जन्मथलोको प्रचार अब सगरमाथाको चुचुराबाट

बुद्धको जन्मथलोको प्रचार अब सगरमाथाको चुचुराबाट

केन्द्रबिन्दु
0
Shares

दोलखा
बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने कुरामा कुनै आशंका छैन तर केहि भारतियहरुले बुद्धको जन्मथलो भारतमा हो भनेर भ्रम छर्ने कोसिस गरिरहेका छन् । वैदेशीक रोजगारीको सिलसिलामा ४ बर्ष दक्षिण कोरिया बसेकी दोलखाकी छोकी शेर्पाले शान्तिका अग्रदूत बुद्धको जन्म भारतमा भएको कुरा भियतनाम, चिनियाँ, कोरियन तथा भारतीय साथीहरुको मुखबाट सुनिन् । यसले उनलाई साह्रै पीडा भयो र उनी बुद्ध नेपालमा जन्मिएको कुरा विश्वलाई सुनाउन विश्वको सर्वोच्च शिखर सगरमाथाबाट अभियान थाल्ने सङ्कल्प लिएर नेपाल फर्किईन ।

दोलखा गौरीशङ्कर गाँउपालिका वडा नम्बर ९ सिमिगाँउकी छोकी शेर्पा सर्वोच्च शिखरमा बुद्ध नेपालमा जन्मिएका हुन् भनेर लेखिएको झण्डा र नेपालको झण्डा फहराउने सपना सहित अभियानमा लागेकी छन् । २७ बर्षकी छोकी शेर्पा आगामी चैत्र २५ गते बाट सगरमाथा आरोहणको अभियानमा निस्कदै छिन् । अभियानको लागि झण्डै ३० लाख खर्च हुने भएकोले उनी अहिले सहयोगी दाताको खोजिमा छिन् ।

उनको अभियानमा अहिले पाएनियर एड्भेन्चर प्रालिले ब्राण्ड स्पोन्सर गरिदिएको छ । उक्त कम्पनिले छोकी र उनीसंगै सगरमाथा अभियानमा संलग्न काभ्रेपलाञ्चोककी सर्मिला तमाङलाई माउण्टेनियरिङ गियर लगायत क्लोथिङ ब्राण्ड सामानहरु उपलब्ध गराई दिने भएको छ । छोकी र सर्मिलाले आफुहरुले सुरु गरेको अभियानले बुद्धको जन्मथलो नेपाल हो भन्ने कुरा विश्वलाई जानकारी गराउने र विदेशमा रोजगारीका लागि पुगेका महिलाहरुले बिभिन्न खाले हिंसा भोग्नु पर्ने भएकोले उनीहरुलाई नेपालमै फर्किएर पर्यटकीय विकास र रोजगारी सिर्जना गर्ने अभियानमा लाग्न उत्प्रेरीत गर्ने विश्वास लिएका छन् । अभियन्ता छोकी भन्छिन् – सर्वोच्च शिखरमा ४ सय भन्दा बढी महिलाले पाईला टेकि सक्दा नेपाली महिला जम्मा २५ जना मात्र पुग्न सकेका छन्, हाम्रो अभियानले महिलाहरुको साहशमा बृद्धि समेत गर्नेछ ।
नेपाल समाचारपत्रबाट

Logo