काठमाडौं
नेपालको ‌औपचारिक निम्तो बिना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका दूतका रुपमा आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले दुई दिने भ्रमणमा नेपालका पाचँवटै राष्ट्रिय पार्टीका नेतासँग भेटघाट गरिन् । "/>

देउवा, ओली देखि राष्ट्रपति सम्मलाई बधाई दिएर फर्किइन् स्वराज

देउवा, ओली देखि राष्ट्रपति सम्मलाई बधाई दिएर फर्किइन् स्वराज

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
नेपालको ‌औपचारिक निम्तो बिना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका दूतका रुपमा आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले दुई दिने भ्रमणमा नेपालका पाचँवटै राष्ट्रिय पार्टीका नेतासँग भेटघाट गरिन् । केहीसँग सामूहिक त केहीसँग ‘वान टु वान’ वार्ता पनि गर्न भ्याइन् सुष्माले । उनले राष्ट्रिपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड , संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्ष महन्त ठाकुर लगायत नेतासँग भेटघाट गरेकी छन् ।

उनले एमाले अध्यक्ष ओली, माआवोदी अध्यक्ष प्रचण्ड र फोरम अध्यक्ष यादवसँग ‘वान टु वान’ वार्ता गरेकी छन् । नेपाली कांग्रेस र राजपाका नेतासँग उनले सामूहिक भेटवार्ता गरिन् । सदभावना र शुभकामना आदानप्रदानका लागि आएको भनिए पनि भित्री रहस्य फरक रहेको धेरैको विशलेषण छ । एकथरीले ओलीको राष्ट्रवादी चरित्र माथि जनताले प्रश्न उठाउने अवस्था सुष्माको भ्रमणले सिर्जना गरि दिएको टिप्पणी गरेका छन् भने अर्काथरीले नाकाबन्दी र अनावश्यक राजनीतिक हस्तक्षेपबाट सम्बन्धमा तिक्ता आएपछि कोर्ष करेक्सन गरेको तर्क पनि गरिरहेका छन् ।

वाम गठबन्धन सरकारमा गइनसकेको र देउवा सरकारको बहिर्गमन भइनसकेको संक्रमणकालिन अवस्थामा नेपाल भ्रमण आएकी सुष्माले नेपालको नेतृत्व र यहाँका नेताहरुलाई के सन्देश छाडेर गइन् त ? भित्री तथ्यहरु विस्तारै उद्घाटित हुँदै जालान् खुलेको एउटा तथ्य भनेको उनले भेटे जति सबै नेतालाई बधाईको पोको दिएर फकाउने प्रयास गरिन् ।ओलीबाट सुरु भएको बधाईको श्रृंखला प्रधानमन्त्री देउवा सम्म पुगेर टुंगियो । बिहीबार साँझ होटल सोल्टीमा पहिलो भेट गर्ने क्रममा ओलीलाई उनले निर्वाचनबाट सबैभन्दा ठुलो दलको नेता तथा भावी प्रधानमन्त्रीका रुपमा बधाई दिन भ्याइन् । दोस्रो भेटमा राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुलाई वाम गठबन्धनका बीच पनि राम्रो चुनावी नतिजा ल्याएको भन्दै बधाई टक्र्याइन् ।
अन्नपूर्णबाट

Logo