रसुवा वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले आज नेपाल–चीनबीच रसुवागढी नाकाको स्थलगत निरीक्षण गर्नुभयो ।  

सो अवसरमा मन्त्री विश्वकर्माले रसुवागढी नाकाको अवस्था त्यहाँ भोग्नु परिरहेको आवश्यकता नीतिगतरुपमा गर्नुपर्ने निर्णयका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लान आफूले स्थलगत भ्रमणमा आएको बताउनुभयो । "/>

सुक्खा बन्दरगाह निर्माणमा वाणिज्यमन्त्री सकारात्मक

सुक्खा बन्दरगाह निर्माणमा वाणिज्यमन्त्री सकारात्मक

केन्द्रबिन्दु
0
Shares

रसुवा वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले आज नेपाल–चीनबीच रसुवागढी नाकाको स्थलगत निरीक्षण गर्नुभयो । 

सो अवसरमा मन्त्री विश्वकर्माले रसुवागढी नाकाको अवस्था त्यहाँ भोग्नु परिरहेको आवश्यकता नीतिगतरुपमा गर्नुपर्ने निर्णयका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लान आफूले स्थलगत भ्रमणमा आएको बताउनुभयो । 

सुक्खा बन्दरगाह छिटो निर्माण गर्न स्थानीय बासिन्दाले पेश गरेको ज्ञापनपत्र अध्ययन गर्दै सुक्खा बन्दरगाहमा परेका घरटहराको मुआब्जासम्बन्धी समस्या छिटो समाधान गर्न आफू सकारात्मक भएको पनि उहाँले बताउनुभयो । 

उहाँले सुक्खा बन्दरगाह निर्माणस्थल रसुवागढी नाका एकीकृत सुरक्षा जाँच पोष्टको निरीक्षणका साथै सामान आयातनिर्यात र सुरक्षाको विषयमा प्रजिअ चोमेन्द्र न्यौपाने, प्रमुख भन्सार अधिकृत गोपाल कोइरालालगायतका पदाधिकारीसँग जानकारी लिनुभएको थियो । रासस

Logo