गौशाला महोत्तरी जिल्लाको बर्दिबासबाट प्रहरीले आज चार थान भरुवा बन्दुकसहित तीन जनालाई पक्राउ गरेको छ ।  

पक्राउ पर्नेमा बर्दिबास नगरपालिका–१४ बस्ने वेदबहादुर हमाल र टंकु मल्ल तथा बर्दिबास–३ बस्ने लेखबहादुर कालीकोटे रहेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलले बताउनुभयो । "/>

चार थान भरुवा बन्दुकसहित तीन पक्राउ

चार थान भरुवा बन्दुकसहित तीन पक्राउ

केन्द्रबिन्दु
0
Shares

गौशाला महोत्तरी जिल्लाको बर्दिबासबाट प्रहरीले आज चार थान भरुवा बन्दुकसहित तीन जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा बर्दिबास नगरपालिका–१४ बस्ने वेदबहादुर हमाल र टंकु मल्ल तथा बर्दिबास–३ बस्ने लेखबहादुर कालीकोटे रहेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलले बताउनुभयो ।

प्रहरीले बर्दिबास–२ स्थित सागरनाथ वन विकास परियोजनाको जंगलबाट हमाल र मल्ललाई तीन थान भरुवा बन्दुकसहित तथा बर्दिबास–३ पाटुस्थित आफ्नै घरबाट कालीकोटेलाई एक थान भरुवा बन्दुकसहित पक्राउ गरेको हो । । 

उनीहरुले हतियार राखेर आपराधिक गतिविधि गर्दै आएको सुराकीका आधारमा प्रहरी तीनै जनालाई हतियारसहित पक्राउ गर्न सफल भएको जनाइएको छ । अभियुक्त तीनै जनालाई इलाका प्रहरी कार्यालय बर्दिबासको हिरासतमा राखी अनुसन्धान अगाडि बढाइसकेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताउनुभयो । रासस

Logo