काठमाडौं
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको एउटा ठूलो जहाज बिहीबार दिउँसो भारतको नयाँदिल्लीबाट यात्रु बोकेर काठमाडौं आउँदै थियो । "/>

जहाज भित्र मुसाको बबण्डर : उडान स्थगित गरेर पासो थापियो !?

जहाज भित्र मुसाको बबण्डर : उडान स्थगित गरेर पासो थापियो !?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको एउटा ठूलो जहाज बिहीबार दिउँसो भारतको नयाँदिल्लीबाट यात्रु बोकेर काठमाडौं आउँदै थियो । उडानकै क्रममा एक यात्रुले ‘ह्यान्ड क्यारी’ राख्ने ठाउँमा एउटा मुसो कुदेको देखे । लगत्तै हल्ला खल्ला भयो । यो कुरा चालक दल सम्म पुग्यो । अमेरिकी जहाज निर्माता कम्पनी बोइङसँग तीन दशक अघि खरिद गरिएको १ सय ९० सिट क्षमताको ‘बि ७५७–२००’ सिरिजको निगमको उक्त जहाज बिहीबार क्याप्टेन सन्तोष शर्माले दिल्लीबाट काठमाडौं ल्याइरहेका थिए । बीच बाटोमै जहाज भित्र ‘मुसा देखिएको’ यात्रुले बताएपछि काठमाडौं अवतरण हुना साथ निगमको इन्जिनियरिङ विभागले यात्रु झारेर जहाजका सबै ढोका बन्द गरी ‘सिल’ ग¥यो।

त्यसपछि जहाज र यात्रु सुरक्षा प्रति संवेदनशील हुँदै निगम व्यवस्थापनले उक्त जहाजलाई विमानस्थलमा ‘ग्राउन्डेड’ गर्यो । जसका कारण सोही जहाजबाट दिउँसो २ बजे भारतकै बैंगलोर जाने उडान रद्द हुन पुग्यो । यो उडान पनि क्याप्टेन शर्माले नै उडाउने तालिका थियो । बैंगलोर जान एक सय भन्दा बढी यात्रु तयार भएर बसेका थिए । ‘जहाज भित्र यात्रुले मुसा देखेको खबर आएपछि बाध्य भएर जहाज ग्राउन्डेड गर्नुप¥यो,’ निगमका इन्जिनियरिङ डाइरेक्टर केबी थापाले भने, ‘अब त्यो मुसा नभेटिए सम्म सुरक्षाका कारण जहाज उडाउन मिल्दैन । मुसा समात्न जहाज भित्र पासो थापेर राखेका छौं।’

त्रिभुवन विमानस्थल अवतरण हुना साथ कल साइनको उक्त जहाजमा इन्जिनियरिङ विभागको टोली र नेपाल नागरिक उड्डयन प्राधिकरणको उडान सुरक्षा विभागको टोलीले निरीक्षण गरेको निगमका अर्का एक अधिकारीले बताए । दिउँसो १ बजे देखि मुसा खोज्न सुरु गरिए पनि अबेर राति सम्म भेटिएको छैन । ‘मुसा समात्न जहाजका सबै ढोका बन्द गरी चालकदल बस्ने ककपिट, यात्रु बस्ने भाग, सामान राख्ने भाग जताततै खानेकुरा राखेर पासो थापिएको छ,’ ती अधिकारीले भने, ‘मुसा रहेछ भने पासोमा अवश्य पर्छ । राति साँढे ९ बजे सम्म पासो थाप्छौं। त्यसबेला सम्म पनि मुसा पासोमा नपरे अर्को प्रक्रिया सुरु गर्छौं।’

निगमकै केही उच्च अधिकारी भने संस्थाको प्रतिष्ठामा आँच पुर्याउन र व्यापार खोस्ने ‘नियत’ राखेर कसैले यस्तो ‘हल्ला फैलाएको’ दाबी गर्छन् । ‘यो निगमलाई समस्यामा पार्ने उद्देश्य बोकेको कुनै समूहले चलाएको हल्ला हो,’ एक अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा भने, ‘ह्यान्ड क्यारी राख्ने ठाउँमा न खानेकुरा हुन्छ न मुसा आकर्षित गर्ने फोहोर हुन्छ । हाम्रै चालक दलले देखेको होइन तर यात्रुले देखेको भनेपछि सतर्कता अपनाउनु पर्ने बाध्यता हुन्छ ।’ निगमले जहाजभित्र मुसा पसेर उडान रोकेको यो पहिलो पटक भने होइन । करिब पाँचवर्ष पहिले पनि त्रिभुवन विमानस्थलबाट उड्न लागेको निगमको बोइङ जहाज भित्र मुसा देखिए पछि उडान रद्दसँगै जहाज ग्राउन्डेड गरिएको थियो । त्यसबेला पनि मुसा समात्न पासो थापिएको थियो तर समात्न नसकेपछि भोलिपल्ट जहाजले नियमित उडान गरेको थियो।

नागरिकबाट

Logo