बुटवल
तिलोत्तमा नगरपालिकाले ५ वर्ष पुरा भएका वालवालिकालाई अनिवार्य रुपमा आधारभूत शिक्षाका लागि विद्यालय पठाउनु पर्ने र नपठाए स्थानिय तहवाट उपलब्ध गराउने सवै सेवा सुविधावाट त्यस्ता अभिभावकलाई बञ्चित गराउने गरि शिक्षा नियमावली ०७४ पारित गरेको छ ।
नगरपालिकाको दोस्रो नगर सभाले स्थानिय तहको कानुन निर्माणको संवैधानिक प्रावधान अनुसार यही माघ ८ गते शुरु भै १४ गते सम्पन्न भएको सभाबाट संवैधानिक रुपमा प्राप्त अधिकारका सवालमा कानुन निर्माण गरेको जनाएको छ । यस्तो निर्णयले विद्यालय जानबाट वञ्चित बालबालिकाहरुको संख्यामा कमी आउने नगरपालिकाले विश्वास लिएको छ ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया