संखुवासभा

पूर्वी पहाडी जिल्ला संखुवासभाको तुम्लिङटार विमानस्थल वरपर लागेको बाक्लो तुवाँलोका कारण पाँच दिन देखि उडान अवरुद्ध भएको छ । "/>

तुम्लिङटारमा पाँच दिन देखि उडान अवरुद्ध

तुम्लिङटारमा पाँच दिन देखि उडान अवरुद्ध

केन्द्रबिन्दु
0
Shares

संखुवासभा

पूर्वी पहाडी जिल्ला संखुवासभाको तुम्लिङटार विमानस्थल वरपर लागेको बाक्लो तुवाँलोका कारण पाँच दिन देखि उडान अवरुद्ध भएको छ । उडानका लागि भिजिबिलिटी नपुगेकाले उडान अवरुद्ध भएको बुद्ध एयरका कर्मचारी राजीव पोखरेलले जानकारी दिए ।

तुम्लिङटार विमानस्थल विश्वकै होचो अरुण उपत्यकामा पर्छ । वरपरका डाँडामा चिसोले बाक्लो हुस्सु र तुवाँलो लागेपछि उडान हुन नसकेको हो । हवाईजहाज उडान र अवतरण हुनका लागि पाँच हजार मिटरको भिजिबिलिटी खुला हुनुपर्छ भने उपत्यका वरपरका डाँडाकाँडा खुला हुनु पर्ने पोखरेलले बताए । माघ दोस्रो साता देखि संखुवासभामा चिसो बढेको छ । चिसोसँगै भुइँकुहिरो र बाक्लो तुवाँलो लागेकाले तुम्लिङटारमा एक मिटर पनि राम्ररी देख्न नसकिने गरी बाक्लो तुवाँलो लागेको स्थानीयको भनार्इ छ ।

उडान नभएपछि जहाजबाट काठमाडौं र विराटनगर जाने यात्रु अलपत्र परेका छन् । कतिपय यात्रु गाडीबाट विराटनगर र काठमाडौँ लागेका छन् । कच्ची सडक धुलाम्मे जानु पर्ने भएकाले कतिपय यात्रु भने जहाज नै पर्खिएर बसेका छन् । हिँड्न सक्ने नागरिकका लागि गाडीको यात्रा सहज भए पनि बिरामी र असक्तको बिजोग भएको छ । खाँदबारी देखि धरान, विराटनगर सम्म धुलाम्मे कच्ची सडकमा स्वस्थ मानिस चढ्ने हो भने त धरान पुग्दा बिरामी पर्छ ।
नयाँपत्रिकाबाट

Logo