बारा
बाराको जितपुर सिमरा उपमहानगर र कोल्हबी नगरपालिका क्षेत्रमा निर्माण तयारी थालिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको कामले गति लिन थालेको छ । विमानस्थल निर्माण क्षेत्रमा चार किल्ला छुट्याउने कार्य सम्पन्न भएसँगै मुआब्जामा असन्तुष्टि देखिएका स्थानीय कोल्हबी नगरपालिका काँटगाउँका स्थानीय बासिन्दाले विमानस्थल आयोजनामा धमाधम निवेदन दिन सुरु गरेका छन् ।
स्थानीय, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अघि मुआब्जा वृद्धिको आवाज उठाइरहेका स्थानीय अहिले मुआब्जा लिन अग्रसर भएका हुन् । विमानस्थल निर्माणका लागि छुट्याइएको ११ हजार ८७५ बिघा क्षेत्रफल मध्ये विमानस्थल क्षेत्र भित्र पर्ने ११० बिघा जमिनको लालपुर्जा भएका नम्बरी जग्गा अधिग्रहण गर्न आयोजना सफल देखिएको छ ।
अहिले काँटगाउँ र ककडीका अधिकांश स्थानीयले मुआब्जा लिन आयोजनामा निवेदन दिइसकेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजना सिमरा बाराका वरिष्ठ अधिकृत विजय यादवले बताए । विमानस्थलको पश्चिम सिमानामा पर्ने राजमार्गसँगैको पसाहा खोला किनारमा ७५० मिटर लम्बाइको तटबन्ध निर्माण कार्यसमेत अन्तिम चरणमा पुगेको छ । सो तटबन्ध निर्माण गर्न आयोजनाले अघिल्लो आर्थिक वर्षको फागुनमा पप्पु राजेन्द्र जेभी कन्स्ट्रक्सनलाई ७ करोड ५४ लाख ५० हजार रुपैयाँमा ठेक्का दिएको थियो । आयोजनाले काँटगाउँमा मेट्रोलोजिकल डाटा मापन अत्याधुनिक यन्त्र समेत जडान गरिसकेको छ । यसबाट हावाको गति, दिशा लगायतका तथ्यांक संकलन गरी विमानस्थलको धावनमार्ग निर्माणको अनुसन्धान भइरहेको छ ।
राजधानीबाट





























प्रतिक्रिया