भारत बेलाबेला विभिन्न घटनाहरुले चर्चामा आउने गर्दछ । भारतमा एउटा गाउँमा यस्तो संस्कार छ, जहाँ पाहुनाको स्वागत गर्नुपूर्व श्रीमतीसँग यौन सम्बन्ध राख्न लगाइन्छ । "/>

कस्तो अचम्मको गाउँः यहाँ श्रीमतीसँग सेक्स गराएर मात्र पाहुनाको स्वागत गरिन्छ !

कस्तो अचम्मको गाउँः यहाँ श्रीमतीसँग सेक्स गराएर मात्र पाहुनाको स्वागत गरिन्छ !

केन्द्रबिन्दु
0
Shares

भारत बेलाबेला विभिन्न घटनाहरुले चर्चामा आउने गर्दछ । भारतमा एउटा गाउँमा यस्तो संस्कार छ, जहाँ पाहुनाको स्वागत गर्नुपूर्व श्रीमतीसँग यौन सम्बन्ध राख्न लगाइन्छ । विभिन्न राज्यमा अझै पनि यो प्रचलन छ । यद्यपी सरकारले यसलाई प्रतिबन्ध लगाएको छ ।

भर्खरै मात्र भारतको रानियाँ गाउँमा स्वागत गर्न श्रीमानले आफ्नी श्रीमतीलाई जबरजस्ती पाहुनालाई सेक्स गर्न लगाएको घटना सार्वजनिक भएको छ । परम्परागत रानियाँ गाउँमा यो प्रचलन प्रचलन कायमै रहेको छ । पछिल्लो समय विस्तारै यो प्रचलन हराउँदै गएपनि आफ्नै श्रीमानको दबाबमा महिलाहरु जबरजस्ती बलात्कार हुने गरेका छन् ।

यो घटना पनि जबरजस्ती करणीपछि मात्रै बाहिर आएको हो । स्वागत गर्ने भन्दै श्रीमानको दबाबमा पाहुनाबाट जबरजस्ती बलात्कार भएपछि ती महिलाले यो घटना सार्वजनिक गरेकि हुन् । साँझको समयमा कामबाट फर्केर निरञ्जन सिंह घर फर्किरहेका थिए । आउने बेला उनीसँगै पढेका एक साथी गुरुदेव सिंह भेटिए । त्यसपछि दुबै साथी राति मदिरा सेवन गरेर निरञ्जनको घर गए ।

घरमा निरञ्जनकी श्रीमती खाना पकाउँदै थिईन् । निरञ्जन भान्सा कोठामा गएर आफ्नी श्रीमतीलाई समातेर सुत्ने कोठामा लगेर गए । त्यहाँ उनले आफ्नो साथी आएको कुरा बताए र पाहुनालाई स्वागत गर्न तयार होउ भनेर निर्देशन दिए । तर उनकी श्रीमतीले यो कुरा मानिनन् । नमानेपछि निरञ्जनले जबरजस्ती कपडा खोलेर आफ्नी श्रीमतीलाई गुरुदेवको हातमा सुम्पिदिए । त्यसपछि गुरुदेवले जबरजस्ती बलात्कार गरे ।

श्रीमान र श्रीमानकै साथीबाट बलात्कृत भएपछि ती महिलाले प्रहरीमा उजुरी हालेकी छिन । ती महिलाले प्रहरीमा बताए अनुसार हाल सम्म उनले पाँच जना पाहुनालाई त्यसैगरी स्वागत गरिसकेकी छिन । अरु बेला सासु ससुराको दबाबमा पाहुना स्वागत गर्न बाध्य भएर तयार भएपनि अहिले श्रीमानले जबरजस्ती गरेका कारण उनी न्यायका लागि प्रहरीमा गएकी हुन् ।

श्रीमती प्रहरी चौकी गएको थाहा पाएपछि निरञ्जन आफ्ना साथी गुरूदेवसँगै फरार भएका छन् । रानिया गाउँ प्रहरी चौकीले पीडित महिलाको स्वास्थ्य परीक्षण गर्दा बलात्कार गरेको पुष्टि भएको जनाएको छ । साथै आरोपी विरुद्ध मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाएको छ । प्रहरीले फरार आरोपी दुबै जनाको खोजी गरिरहेको जनाइएको छ ।

Logo