तेह्रथुम

राष्ट्रिय सभा निर्वाचनका लागि तेह्रथुमका जनप्रतिनिधिलाई मतदान गर्ने विधि सम्बन्धी जानकारी दिइएको छ । "/>

भोट हाल्ने तरिका सिक्दै जनप्रतिनिधिहरु

भोट हाल्ने तरिका सिक्दै जनप्रतिनिधिहरु

केन्द्रबिन्दु
0
Shares

तेह्रथुम

राष्ट्रिय सभा निर्वाचनका लागि तेह्रथुमका जनप्रतिनिधिलाई मतदान गर्ने विधि सम्बन्धी जानकारी दिइएको छ । जिल्ला निर्वाचन कार्यालयले स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुख तथा प्रदेश सभाका सदस्यलाई राष्ट्रिय सभा निर्वाचन, निर्वाचन प्रणाली, मतदान गर्ने तरिका, मतपत्र लगायत विषयमा प्रशिक्षण दिएको हो । उनीहरूलाई एकल संक्रमणीय प्रणालीका बारेमा जानकारी दिइएको छ । तर यहाँका मतदाताले त्यसको अभ्यास गर्न भने पाउने छैनन् ।

यसका लागि कम्तीमा तीन जना उम्मेदवार हुनु पर्ने भए पनि प्रदेश १ मा दुईजना मात्रै उम्मेदवार भएकाले अभ्यास नहुने निश्चित भएको प्रतिनिधिसभा सदस्य भवानीप्रसाद खापुङले बताए । प्रदेश १ मा खुलातर्फ सबै निर्विरोध निर्वाचित भइसकेका छन् भने दलिततर्फ नेपाली कांग्रेसका बिनकुमार विश्वकर्मा र नेकपा (एमाले) का खेमराज नेपाली तथा अपांग अल्पसंख्यकतर्फ कांग्रेसका महेशकुमार जाजू र एमालेका अगमप्रसाद बान्तवा राई प्रतिस्पर्धी छन् । सञ्चार माध्यमबाट सूचना प्रवाह गरिरहेको भए पनि मत बदर नहोस् भनेर प्रशिक्षण कार्यक्रम आयोजना गरेरै जानकारी दिइएको जिल्ला निर्वाचन अधिकारी निर्मलकुमार राईले बताए ।
नयाँपत्रिकाबाट

Logo