ब्राजिल भनेपछि हामी फूटबल सम्झन्छौं । विश्व फूटबलमा बार्जिलको खास पहिचान छ । तर, अहिलेको प्रसंग चाहि फूटबलको होइन । बरु चर्चित रियो कार्निभलको हो । हुन त यो कार्निभल सुरु हुनु अझै एक महिना बाँकी छ । यद्यपी कार्निभलको मात भने चढिसकेको छ ।
यतिबेला रियोको सडकमा तन्नेरीहरु प्रि–पार्टीको आनन्द लिइरहेका छन् । अनौठा अनौठा पहिरन, फेस माक्समा सजिएका डान्सरहरु सडकमा देखिन्छन् । उनीहरु मदिराको नसामा चुर भएर सडकमा नग्न स्ट्रिप डान्स गरिरहेका छन् ।
.jpg)
रियो कार्निभलको ठिक एक महिना पहिला ब्लक पार्टी मनाइन्छ । यसलाई एक किसिमको रियोको वार्मअप मानिन्छ । यस क्रममा रंग बिरंगी बिकिनी पहिरिएर सुन्दरीहरुले आफ्नो पर्फमेन्स देखाउन सुरु गर्छन् ।
त्यस्तै साम्बा डान्सर पनि यो उत्सवमा सामेल भएर रियो कार्निभलको रंग बढाइदिन्छ ।

के हो रियो कार्निभल ?
बताइहालौं कि रियो दि जेनेरियो कार्निभल मा पार्चुगली र स्थानिय अफ्रिकी संस्कृति सामन्जस्य देख्न पाइन्छ । ब्राजिलको रियो कार्निभल ब्राजीलियाई संस्कृतिको एक अहंम हिस्सा हो । यसमा साम्बा स्कुल साम्बाड्रोममा परेड गर्छ । यो कार्निभल १८ औं सताब्दीदेखि मनाइदै आएको छ । र, हरेक बर्षको फेब्रुअरीमा हुन्छ ।






























प्रतिक्रिया