काठमाडौं ।

सोमबार बसको मन्त्रिपरिषद बैठकले विभिन्न निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतका अनुसार सरकारले राष्ट्रपतिदेखि गाउँपालिकाका वडा सदस्यसम्मका मर्यादाक्रम तोकेको छ । "/>

शहीदहरुको सूचीमा ७ जनाको नाम थपियो

शहीदहरुको सूचीमा ७ जनाको नाम थपियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सोमबार बसको मन्त्रिपरिषद बैठकले विभिन्न निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतका अनुसार सरकारले राष्ट्रपतिदेखि गाउँपालिकाका वडा सदस्यसम्मका मर्यादाक्रम तोकेको छ । यस्तै द्धन्द्धकालमा मारिएका विभिन्न ७ जनालाई शहीद घोषणा गरेको छ ।

यस्तै बैठकले सशस्त्र द्वन्द्वका क्रममा मारिएका स्याङ्जाका देवान सिंह (सनी), देवबहादुर खवास, विष्णुबहादुर चन्द, मीनबहादुर बानियाँ क्षेत्री, नेत्रनारायण भण्डारी, रणबहादुर गुरुङ र रुद्रबहादुर गुरुङलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।

त्यसैगरी सरकारले नेशनल ट्रेडिङलाई खारेज गरी उसको चलअचल सबै सम्पत्ति राज्यको मातहतमा ल्याउने निर्णय गरेको छ ।

Logo