काठमाडौँ
राष्ट्रपति विद्यादेवी भण्डारीले न्याय र समानतामा आधारित आर्थिक रुपले समृद्ध समतामूलक समाज निर्माण गर्न अग्रसर हुनु पर्ने बताएकी छिन् । "/>

शहीद दिवसमा राष्ट्रपति र उपराष्ट्रपतिका बेग्ला बेग्लै सन्देश

शहीद दिवसमा राष्ट्रपति र उपराष्ट्रपतिका बेग्ला बेग्लै सन्देश

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
राष्ट्रपति विद्यादेवी भण्डारीले न्याय र समानतामा आधारित आर्थिक रुपले समृद्ध समतामूलक समाज निर्माण गर्न अग्रसर हुनु पर्ने बताएकी छिन् । ‘शहीद दिवस २०७४’का अवसरमा राष्ट्रपति भण्डारीले आज दिएको सन्देशमा मुलुक र मुलुकवासीका लागि आफ्नो अमूल्य जीवन बलिदान गर्ने व्यक्ति नै शहीद बन्न योग्य हुने यथार्थलाई हामीले सधैँ ख्याल गर्नु पर्ने बताउँदै भनेकी छिन् , “सबैलाई राष्ट्र निर्माणको महायज्ञमा स्वतःस्फूर्त रूपले समाहित हुन प्रेरणा प्रदान गर्ने ज्ञातअज्ञात शहीदको सपना साकार पार्नका लागि कृतसंकल्पित बन्न अभिप्रेरित गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।”

राष्ट्रपति भण्डारीले इतिहासका विभिन्न कालखण्डमा भएका आन्दोलनमा होमिएर राष्ट्रका लागि वीर गति प्राप्त गरेका शहीदको योगदानको प्रतिफलस्वरुप नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुन सफल भएको बताउँदै वीर, अमर, त्यागी र भविष्यद्रष्टा शहीदको बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत र सुदृढ गर्दै समुन्नत राष्ट्र निर्माण गर्न सकेमा मात्र शहीदप्रतिको सच्चा सम्मान र श्रद्धाञ्जलि हुने उल्लेख गरेकी छिन् ।

समृद्ध राष्ट्रको सपना साकार पार्न उपराष्ट्रपतिबाट आग्रह

उपराष्ट्रपति नन्दबहादुर पुनले देशलाई दिगो आर्थिक विकास सहितको समृद्ध राष्ट्र बनाउने शहीदको सपना साकार पार्नका लागि एक भएर लाग्न सबैलाई आग्रह गरेका छन् । सबै खाले आन्दोलनमा नेपाली वीर सपुतको बलिदानी रहेको स्पष्ट पार्दै उपराष्ट्रपति पुनले प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र स्थापनार्थ आफ्नो अमूल्य जीवनको बलिदान दिने शहीदको योगदानको उच्च मूल्यांकन गर्दै शहीद परिवारजनमा उच्च सम्मान अर्पण गरेका छन् । उपराष्ट्रपतिले पछिल्लो चरणमा भएका निर्वाचन र त्यसपछि मुलुक राजनीतिक स्थिरता तर्फ अगाडि बढेसँगै शहीदका सपना पूरा हुँदै गएको स्पष्ट पारेका छन् ।
रासस

Logo