काठमाडौँ
प्रहरीले नेपाल मेडिकल काउन्सिलको अनुमति नलिई राजधानीका विभिन्न अस्पतालमा चिकित्सकका रुपमा कार्यरत कम्तिमा २० जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । "/>

राजधानीका विभिन्न अस्पतालबाट २० जना विदेशी चिकित्सक समातिए

राजधानीका विभिन्न अस्पतालबाट २० जना विदेशी चिकित्सक समातिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
प्रहरीले नेपाल मेडिकल काउन्सिलको अनुमति नलिई राजधानीका विभिन्न अस्पतालमा चिकित्सकका रुपमा कार्यरत कम्तिमा २० जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।राजधानीका विभिन्न अस्पतालमा अवैध रुपमा चिकित्सकको काम गरिरहेका २० जना विदे‍शी नागरिकलाई पक्राउ गरी हिरासतमा लिइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जानकारी दिएको छ ।

नेपाल मेडिकल काउन्सिलको अनुमति बिना नै नेपालमा विभिन्न अस्पतालमा चिकित्सकका रुपमा कार्यरत विदेशी नागरिकलाई हिरासतमा लिएका छौं, सीआईबीका प्रमुख डीआईजी पुष्कर कार्कीले भने, उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान भइरहेकाले अहिले नै सबै कुरा बताउन मिल्दैन, केही दिनमै यसको विस्तृत विवरण बाहिर ल्याउँछौँ ।सीआईबीका अनुसार ठमेल स्थित एपोलो क्लिनिक, बौद्ध स्थित चाइना ग्रेटवाल, सिम्रिक अस्पतालबाट अमेरिका, अस्ट्रेलिया र चीनका नागरिकलाई पक्राउ गरिएको हो । सीआईबीले नेपाल मेडिकल काउन्सिलसँगको समन्यवमा छापा हानेर ती विदेशीलाई पक्राउ गरिएको हो ।

अहिले अनुसन्धान भइरहेकाले ती विदेशको नाम सार्वजनिक गर्न नमिल्ने डीआईजी कार्कीले बताए । प्रहरीका अनुसार पक्राउ परेका सबै विदेशी नागरिकले मेडिकल काउन्सिलको अनुमति नलिई चिकित्सकका रुपमा काम गरेका थिए ।
अन्नपूर्णबाट

Logo