काठमाडौँ
सरकारले विशिष्ट व्यक्ति देखि स्थानीय तहका पदाधिकारी सम्मको मर्यादाक्रम तोकेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो साँझ बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख देखि स्थानीयतहका सबै पदाधिकारीको मर्यादाक्रम तोकेको हो । उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले भने , “ मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति देखि गाउँपालिकाका वडा सदस्य सम्मका मर्यादाक्रम तोकेको छ ।” उहाँका अनुसार पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, प्रदेश प्रमुख, प्रदेश मुख्यमन्त्री देखि सबै तहको मर्यादा तोकिएको छ ।
त्यसैगरी सरकारले नेशनल ट्रेडिङलाई खारेज गरी उसको चलअचल सबै सम्पत्ति राज्यको मातहतमा ल्याउने निर्णय गरेको छ । बैठकले सशस्त्र द्वन्द्वका क्रममा मारिएका स्याङ्जाका देवान सिंह (सनी), देवबहादुर खवास, विष्णु बहादुर चन्द, मीन बहादुर बानियाँ क्षेत्री, नेत्र नारायण भण्डारी, रण बहादुर गुरुङ र रुद्र बहादुर गुरुङलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । रासस





























प्रतिक्रिया